News Griha :: न्यूजगृह
मधेस केन्द्रित तीन दलबीच कार्यगत एकता हुने
मधेस केन्द्रित तीन दलबीच कार्यगत एकता हुने मधेस केन्द्रित तीन दलबीच कार्यगत एकता हुने भएको छ।  जनमत पार्टी, जनता प्रगतिशील पार्टी र तराई–मधेस लोकतान्त्रिक पार्टीबीच कार्यगत एकताको घोषणा गरिएको हो ।जनमत पार्टीका अध्यक्ष सिके राउत, जनता प्रगतिशील पार्टीका हृदयेश त्रिपाठी र तराई मधेस लोकतान्त्रिक पार्टीका अध्यक्ष वृषेन्द्रचन्द लालले विज्ञप्ति जारी गर्दै कार्यगत एकताको घोषणा गरेका छन्। 
उपनिर्वाचनको टिकट लिन एमालेमा दौडधुप, ६ जनाको दावी
उपनिर्वाचनको टिकट लिन एमालेमा दौडधुप, ६ जनाको दावी प्रतिनिधिसभा सदस्य उपनिर्वाचनका लागि इलाम–२ बाट उम्मेदवार बन्न एमालेका ६ जनाले दाबी गरेका छन्।उम्मेदवारी दिन इच्छुकका लागि आफ्नो व्यक्तिगत विवरणसहित कार्यदलमा निवेदन दिन आइतबारसम्म समय तोकिएको थियो।दिवंगत नेता सुवास नेम्वाङका छोरा सुहाङसहित ६ जनाले उम्मेदवार बन्नका लागि पार्टीको जिल्ला कमिटीले गठन गरेको उम्मेदवार छनोट कार्यदलमा निवेदन दिएका हुन्।
राप्रपा कार्यालयमा भएको कुटपिट घटनाको छानबिन प्रहरीले गर्ने
राप्रपा कार्यालयमा भएको कुटपिट घटनाको छानबिन प्रहरीले गर्ने राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले नेता ठाकुरमोहन श्रेष्ठमाथि अप्रत्यासित आक्रमण भएको भन्दै प्रहरीलाई अनुसन्धान गर्न आग्रह गरेको बताएका छन्। आइतबार बिहान पार्टी केन्द्रीय कार्यसम्पादन समितिको बैठक जारी रहँदा पार्टी कार्यालय धुम्वाराहीमा श्रेष्ठमाथि आक्रमणको घटना भएको थियो। घटनापछि अध्यक्ष लिङ्देनले पार्टीका पदाधिकारीलाई अप्रत्यासित रुपमा आक्रमण भएका भएको भन्दै...
राष्ट्रिय सभा अध्यक्ष: कांग्रेस भर्सेज गठबन्धन, कस्तो छ अङ्कगणित  
राष्ट्रिय सभा अध्यक्ष: कांग्रेस भर्सेज गठबन्धन, कस्तो छ अङ्कगणित   फागुन २९ गते राष्ट्रिय सभा अध्यक्षको निर्वाचन हुँदैछ। संघीय संसद् सचिवालयले निर्वाचन कार्यातालिकासमेत सार्वजनिक गरिसकेको छ। नेकपा माओवादी केन्द्रले नेता नारायणप्रसाद दाहाललाई राष्ट्रिय सभा अध्यक्षको उम्मेदवार बनाउने भएको छ। त्यस्तै, नेपाली कांग्रेसले राष्ट्रिय सभा अध्यक्षमा युवराज शर्मालाई उम्मेदवार बनाउने निर्णय गरेको छ।
कांग्रेसले राष्ट्रिय सभा अध्यक्षमा युवराज शर्मालाई उम्मेदवार बनाउने
कांग्रेसले राष्ट्रिय सभा अध्यक्षमा युवराज शर्मालाई उम्मेदवार बनाउने नेपाली कांग्रेसले राष्ट्रिय सभा अध्यक्षमा युवराज शर्मालाई उम्मेदवार बनाउने निर्णय गरेको छ।सभापति शेरबहादुर देउवाको निवास बालुवाटारमा आइतबार बसेको कांग्रेस संसदीय दलका बैठकले लुम्बिनीबाट राष्ट्रिय सभा सदस्य निर्वाचित शर्मालाई उम्मेदवार बनाउने निर्णय गरेको सभापति देउवाका निजी सचिव केशवराज जोशीले जानकारी दिए। 
राष्ट्रिय सभा अध्यक्षमा माओवादीबाट नारायणप्रसाद दाहाल उम्मेदवार
राष्ट्रिय सभा अध्यक्षमा माओवादीबाट नारायणप्रसाद दाहाल उम्मेदवार नेकपा माओवादी केन्द्रले नेता नारायणप्रसाद दाहाललाई राष्ट्रिय सभा अध्यक्षको उम्मेदवार बनाउने भएको छ। आइतबार बसेको पदाधिकारी बैठकले दाहाललाई उम्मेदवार बनाउने निर्णय गरेको एक नेताले जानकारी दिए। राष्ट्रिय सभा अध्यक्षको निर्वाचन २९ फागुनमा हुँदैछ।
राष्ट्रिय सभा अध्यक्ष निर्वाचन कार्यतालिका सार्वजनिक
राष्ट्रिय सभा अध्यक्ष निर्वाचन कार्यतालिका सार्वजनिक संघीय संसद् सचिवालयले राष्ट्रिय सभा अध्यक्ष पदको निर्वाचन कार्यतालिका सार्वजनिक गरेको छ। सचिवालयले आइतबार कार्यतालिका सार्वजनिक गर्दै सोमबार प्रस्तावको सूचना दिने कार्यक्रम तय गरेको छ।पर्सि मंगलबार राष्ट्रिय सभाको अध्यक्ष र उपाध्यक्ष पदका लागि निर्वाचन हुनेछ। संघीय संसद् भवन, नयाँ बानेश्वरमा बिहान ११ देखि दिउँसो १ बजेसम्म प्रस्तावको सूचना दिने...
सांसद दीपक खड्का कांग्रेसको आमन्त्रित केन्द्रीय सदस्य मनोनीत 
सांसद दीपक खड्का कांग्रेसको आमन्त्रित केन्द्रीय सदस्य मनोनीत  सभापति देउवाले कांग्रेसको विधान र नियमावली २०७६ को नियम ५६ (२) बमोजिम प्रतिनिधिसभाका सदस्य खड्कालाई आमन्त्रित केन्द्रीय सदस्यमा मनोनीत गरेका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए। 
अब कसैले चुनाव अघिको गठबन्धन कल्पना गर्न सक्दैनन्: गगन थापा
अब कसैले चुनाव अघिको गठबन्धन कल्पना गर्न सक्दैनन्: गगन थापा नेपाली कांग्रेसका महामन्त्री गगन थापाले अब कसैले पनि चुनावभन्दा अघि गठबन्धन गर्ने बारेमा कल्पना समेत गर्न नसक्ने बताएका छन्। आइतबार आयोजित ललितपुरको गोदावरी नगरपालिकाको आठौं स्थापना दिवसको अवसरमा बोल्दै उनले चुनावअघिको गठबन्धनले राजनीतिलाई एकदमै भ्रष्ट र लोकतन्त्रलाई चरम विकृत बनाउँदै लगेको बताए। माओवादीले कांग्रेससँगको गठबन्धन तोडेर नयाँ समीकरण बनाएको घटनाले...
कुन विदेशीले ‘धाप मार्दा’ गठबन्धन फेर्न ‘बुर्लुक्क उफ्रिए’ प्रचण्ड?
कुन विदेशीले ‘धाप मार्दा’ गठबन्धन फेर्न ‘बुर्लुक्क उफ्रिए’ प्रचण्ड? न्यूजगृहसँगको कुराकानीमा पनि अध्यक्ष राउतले घरेलु राजनीतिमा अहिले गठबन्धन फेरिनुको कुनै गम्भीर कारण नभएको बताए। विदेशीको दबाब र प्रभावले नै अहिले प्रधानमन्त्री गठबन्धन फेर्न ‘बाध्य’ भएको उनको बुझाइ छ। ‘गठबन्धन फेरिहाल्नुपर्ने खालको कुनै गम्भीर कारण घरेलु राजनीतिमा थिएन। उहाँहरु (प्रधानमन्त्री प्रचण्ड र माओवादी केन्द्र)ले भनेका कारणहरु स–सना हुन्। राष्ट्रिय सभाको...
इलाम- २ को उम्मेदवार बन्न सुहाङले दिए पार्टीमा निवेदन  
इलाम- २ को उम्मेदवार बन्न सुहाङले दिए पार्टीमा निवेदन   दिवंगत एमाले नेता सुवास नेम्वाङका छोरा सुहाङले प्रतिनिधिसभा सदस्य उपनिर्वाचनमा उम्मेदवार बन्न पार्टीमा निवेदन दिएका छन्। इलाम क्षेत्र नम्बर २ मा आगामी वैशाख १५ गते हुने प्रतिनिधि सभा सदस्य चयनका लागि उपनिर्वाचन हुँदैछ।  संविधान सभा अध्यक्ष तथा पूर्वसभामुखसमेत रहेका नेकपा एमालेका उपाध्यक्ष सुवास नेम्बाङको भदौ २६ गते निधन भएपछि इलाम...
Weather Update