सांसद दीपक खड्का कांग्रेसको आमन्त्रित केन्द्रीय सदस्य मनोनीत

काठमाडौं— नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सङ्खुवासभाका नेता दीपक खड्कालाई आमन्त्रित केन्द्रीय सदस्यमा मनोनीत गरेका छन्।
सभापति देउवाले कांग्रेसको विधान र नियमावली २०७६ को नियम ५६ (२) बमोजिम प्रतिनिधिसभाका सदस्य खड्कालाई आमन्त्रित केन्द्रीय सदस्यमा मनोनीत गरेका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए।
नेता खड्काले गत असोज १० मा सङ्खुवासभा जिल्ला सभापतिबाट राजिनामा दिएका थिए।
प्रकाशित मिति: आइतबार, फागुन २७, २०८० १८:०५













