News Griha :: न्यूजगृह
कांग्रेस सांसद खड्काले दिए जिल्ला सभापतिबाट राजीनामा

काठमाडौं— नेपाली कांग्रेसका प्रतिनिधि सभा सांसद दीपक खड्काले सङ्खुवासभा पार्टी सभापतिबाट राजीनामा दिएका छन् ।

खड्काले संसद्मा सक्रिय हुँदा जिल्लाको पार्टी गतिविधिमा ध्यान दिन नसकेका कारणले राजीनामा दिएको उल्लेख गरेका छन् ।

‘जिल्लाको पार्टी सङ्गठनलाई चाहेर पनि पर्याप्त समय दिन सकिरहेको छैन भन्ने मलाई अनुभूति भएको छ,’ खड्काले केन्द्रीय कार्यालयमा बुझाएको राजीनामा पत्रमा भनिएको छ ।

खड्काले आफ्नो राजीनामा स्वीकृत गरेर अर्को व्यक्तिलाई सभापतिको जिम्मेवारी दिन देउवासँग आग्रह गरेका छन् । पार्टी मुख्य सचिव कृष्णप्रसाद पौडेल मार्फत राजीनामा बुझाइएको खड्काका स्वकीय सचिव भूपाल बस्नेतले जानकारी दिए ।

 

प्रकाशित मिति: बुधबार, असोज १०, २०८०  १८:३५
Weather Update