News Griha :: न्यूजगृह
राष्ट्रिय सभा अध्यक्षमा माओवादीबाट नारायणप्रसाद दाहाल उम्मेदवार
फाइल तस्बिर।

काठमाडौं— नेकपा माओवादी केन्द्रले नेता नारायणप्रसाद दाहाललाई राष्ट्रिय सभा अध्यक्षको उम्मेदवार बनाउने भएको छ।

आइतबार बसेको पदाधिकारी बैठकले दाहाललाई उम्मेदवार बनाउने निर्णय गरेको एक नेताले जानकारी दिए। राष्ट्रिय सभा अध्यक्षको निर्वाचन २९ फागुनमा हुँदैछ।

एमाले, माओवादी केन्द्र र जनता समाजवादी पार्टीबीच राष्ट्रिय सभा अध्यक्ष माओवादी केन्द्रले लिने सहमति भइसकेको छ। 

शनिबार न्यूजगृहले भाइलाई राष्ट्रिय सभा अध्यक्ष बनाउने दाउमा प्रचण्ड शीर्षकमा समाचार प्रकाशित गरेको थियो।

प्रकाशित मिति: आइतबार, फागुन २७, २०८०  १९:००
Weather Update