News Griha :: न्यूजगृह
राष्ट्रिय सभा अध्यक्ष निर्वाचन कार्यतालिका सार्वजनिक

काठमाडौं— संघीय संसद् सचिवालयले राष्ट्रिय सभा अध्यक्ष पदको निर्वाचन कार्यतालिका सार्वजनिक गरेको छ। सचिवालयले आइतबार कार्यतालिका सार्वजनिक गर्दै सोमबार प्रस्तावको सूचना दिने कार्यक्रम तय गरेको छ।

पर्सि मंगलबार राष्ट्रिय सभाको अध्यक्ष र उपाध्यक्ष पदका लागि निर्वाचन हुनेछ। संघीय संसद् भवन, नयाँ बानेश्वरमा बिहान ११ देखि दिउँसो १ बजेसम्म प्रस्तावको सूचना दिने कार्यक्रम तय गरिएको संघीय संसद् सचिवालयका महासचिव पद्मप्रसाद पाण्डेयले जानकारी दिए। 

सोही दिन साढे १ बजे दर्ता भएका प्रस्तावको सूचना प्रकाशित गर्ने र २९ गते दर्ता भएका प्रस्तावमा एक भन्दा बढी उम्मेदवार भएमा निर्णयार्थ प्रस्तुत गरिनेछ। 

त्यसका लागि राष्ट्रिय सभाको बैठक बिहान ११ बजेर ९ मिनेटमा तय भएको छ। ५९ सदस्यीय राष्ट्रिय सभामा माओवादी केन्द्र सबैभन्दा ठूलो पार्टी छ। उसका उपाध्यक्षसहित १८ सांसद छन्। 

यस्तै, कांग्रेस १६ सिटसहित दोस्रो ठूलो दल हो। एमालेबाट १० जना सांसद छन् राष्ट्रिय सभामा छन्। एकीकृत समाजवादी ८, जसपा ३, लोसपाको पनि एक जना सांसद राष्ट्रिय सभामा छन्।

प्रकाशित मिति: आइतबार, फागुन २७, २०८०  १८:५१
Weather Update