News Griha :: न्यूजगृह
रास्वपाले बोलायो केन्द्रीय समिति बैठक, उपनिर्वाचनबारे छलफल गर्ने
रास्वपाले बोलायो केन्द्रीय समिति बैठक, उपनिर्वाचनबारे छलफल गर्ने राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आगामी सोमबार केन्द्रीय समिति बैठक आह्वान गरेको छ। सत्ता समीकरण फेरबदलपछि सरकारमा सहभागी भएको रास्वपाले आगामी वैशाख १५ मा हुने उपनिर्वाचन र उम्मेदवारका विषयमा छलफल गर्न बैठक बोलाएको हो।
व्यवस्था र अवस्था दुवैमा परिवर्तन आएको छ : ओली
व्यवस्था र अवस्था दुवैमा परिवर्तन आएको छ : ओली एमाले अध्यक्ष केपी शर्मा ओलीले व्यवस्था परिवर्तन भयो तर अवस्था परिवर्तन भएन भन्ने कुरा गलत भएको बताएका छन्।शनिबार ११४औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको अवसरमा आयोजित ‘सङ्घर्षशील योद्धाहरू’ पुस्तक लोकार्पणमा बोल्दै ओलीले अवस्थामा पनि परिवर्तन आएको दाबी गरे। 
भाइलाई राष्ट्रिय सभा अध्यक्ष बनाउने दाउमा प्रचण्ड
भाइलाई राष्ट्रिय सभा अध्यक्ष बनाउने दाउमा प्रचण्ड प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नारायणप्रसाद दाहाललाई राष्ट्रिय सभाको अध्यक्ष बनाउने तयारीमा रहेको बुझिएको छ। सत्ता गठबन्धनको नयाँ छयाङ्ग मार्दा प्रधानमन्त्री दाहालले यो शर्तमा एमालेसहितका दलहरूलाई सहमत गराएको माओवादी केन्द्र सम्बद्ध समाचार सूत्रले बताएको छ।प्रधानमन्त्री दाहालले चितवनका नारायणप्रसाद दाहाललाई राष्ट्रिय सभाको अध्यक्ष बनाउने योजना बनाएको माओवादी निकट विश्वस्त सूत्रले बताएको छ।...
२६ स्थानीय तहको उपनिर्वाचन हुन बाँकी, इलाम २ मा चहलपहल बढ्यो
२६ स्थानीय तहको उपनिर्वाचन हुन बाँकी, इलाम २ मा चहलपहल बढ्यो पछिल्लो पटक सुदूरपश्चिम प्रदेशको भीमदत्त नगरपालिका–६, कर्णालीको सानीभेरी गाउँपालिका–५ र मधेसको डाक्नेश्वरी नगरपालिका–४ का वडाध्यक्षको निधन भएको छ। आयोगका अनुसार जिल्ला समन्वय समितिको प्रमुख दुई, नगर उपप्रमुख र गाउँपालिकाका अध्यक्ष एक/एक तथा उपाध्यक्ष दुई र वडाध्यक्ष २० गरी २६ पद रिक्त छन्। ति स्थानको उपनिर्वाचनको मिति तोक्न ढिलाइ भएको छ।...
कांग्रेसले राष्ट्रिय सभा अध्यक्षमा उम्मेदवारी दिने
कांग्रेसले राष्ट्रिय सभा अध्यक्षमा उम्मेदवारी दिने सभापति शेरबहादुर देउवाको निवास बूढानिलकण्ठमा आज बसेको पदाधिकारी तथा पूर्वपदाधिकारीको संयुक्त बैठकले अध्यक्षमा उम्मेदवारी दिने निर्णय गरेको नेता अर्जुन नरसिंह केसीले जानकारी दिए।
कांग्रेस पदाधिकारी बैठक जारी
कांग्रेस पदाधिकारी बैठक जारी यसका साथै, उम्मेदवारी दिनुपर्ने अवस्थामा कसलाई उम्मेदवार बनाउनेबारे पनि छलफल भइरहेको नेताहरूले बताएका छन्। यसअघि माओवादीसँग गठबन्धन हुँदा कृष्णप्रसाद सिटौलालाई अध्यक्षको उम्मेदवार बनाउने तयारी गरेको कांग्रेस सत्ता समीकरण बदलिएपछि अन्योलमा छ। 
विकसित राजनीतिक घटनाक्रमबारे छलफल गर्न माओवादी संसदीय दलको बैठक बस्दै
विकसित राजनीतिक घटनाक्रमबारे छलफल गर्न माओवादी संसदीय दलको बैठक बस्दै नेकपा माओवादी केन्द्रको संसदीय दलको बैठक शनिबार बस्ने भएको छ। बैठक दिउँसो ३ बजे सिंहदरबारभित्र माओवादी संसदीय दलको कार्यालयमा बस्ने छ।माओवादीका प्रमुख सचेतक हितराज पाण्डेले बैठकमा पछिल्लो पटक विकसित राजनीतिक घटनाक्रमबारे छलफल हुने जानकारी दिए। उनका अनुसार प्रधानमन्त्री दाहालले संसदबाट विश्वासको मत लिने विषयमा पनि बैठकमा छलफल हुने छ।
सुदूरपश्चिम प्रदेशमा मन्त्रिपरिषद् विस्तार, तीन मन्त्री थपिए
सुदूरपश्चिम प्रदेशमा मन्त्रिपरिषद् विस्तार, तीन मन्त्री थपिए सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले एक जना विना विभागीयसहित ३ मन्त्री थप गर्दै मन्त्रिमण्डल विस्तार गरेका छन्। प्रदेश सरकारमै रहेको नागरिक उन्मुक्ति पार्टी (नाउपा)लाई समेट्दै मुख्यमन्त्री शाहले आज मन्त्रिपरिषद् विस्तार गरेका हुन्।नागरिक उन्मुक्ति पार्टी संसदीय दलका नेता घनश्याम चौधरीले आर्थिक मामिला मन्त्रालयको जिम्मेवारी पाएका छन्
केपी ओली लचक बन्दा ‘प्रधानमन्त्रीको अफर’ त्यागेका माधव नेपाल!
केपी ओली लचक बन्दा ‘प्रधानमन्त्रीको अफर’ त्यागेका माधव नेपाल! ज्यानलाई सञ्चो नभएका कारण उनले राजनीतिक घटनाक्रमहरुमा सक्रिय हुने जाँगर देखाएनन्। स्वास्थ्यावस्था बुझ्नका लागि भेट्न आउने नेताहरुसँगको कुराकानीमा उनी ‘प्रचण्ड प्रवृत्ति’प्रति नाखुस सुनिन्थे। गठबन्धनको सहयात्री दल र त्यसमाथि समाजवादी मोर्चाका नाममा ‘कसिलो कार्यगत एकता’ गरिएको भनिए पनि महत्त्वपूर्ण निर्णय गर्दा प्रचण्डले एउटा शब्द पनि नसोधेको भन्दै नेपाल असन्तुष्ट थिए। पार्टीका...
बजार भाउ: सुनको अकासिँदै नेताको खस्किँदै
बजार भाउ: सुनको अकासिँदै नेताको खस्किँदै राजनीतिमा नेताको र आभूषण बजारमा सुनको मूल्य कतिखेर बढ्छ कतिखेर खस्छ कुनै ठेगान हुँदैन। सत्ता गठबन्धन अस्थिर छ, यसको स्थायित्व ज्यादै अनिश्चित बन्दै गएको छ। समझदारीमा भन्दा पनि नेताको सनकमा गठबन्धनको आयु निर्भर गर्न थालेको छ।वर्षदिन अघि मात्रै नेपाली कांग्रेस सहितका दलहरूको समर्थन लिएर प्रधानमन्त्री बनेका पुष्पकमल दाहाल प्रचण्डले हालै...
मन्त्रीहरूलाई ओलीको निर्देशन–‘फसाउलान्, होस् गर्नु!  
मन्त्रीहरूलाई ओलीको निर्देशन–‘फसाउलान्, होस् गर्नु!   एमाले अध्यक्ष केपी शर्मा ओलीले नयाँ सत्ता समीकरण अनुसार आफ्नो पार्टीबाट मन्त्री बनेकाहरूलाई अलग्गै निर्देशन दिएका छन्। मन्त्रीहरूलाई आफ्नै निवासमा बोलाएर ओलीले निर्देशन दिएका हुन् । करिब एक घण्टा निवासमा राखेर ओलीले मन्त्रीहरूलाई भने, ‘फसाइदेलान् होस् गर्नु। सरकारलाई जसरी पनि सफल पार्नुपर्ने हाम्रो दायित्व हो। सरकारलाई सफल पार्न सकिएन भने...
सरकारमा आउन अरू दललाई पनि एमालेको आग्रह
सरकारमा आउन अरू दललाई पनि एमालेको आग्रह सत्तारूढ दल नेकपा एमालेले अरू दलहरूलाई पनि सरकारमा सहभागी हुन आग्रह गरेको छ। बिहीबार बिहान पार्टी मुख्यालय च्यासलमा बसेको पार्टीको २९ औं सचिवालय बैठकपछि बोल्दै महासचिव शंकर पोखरेलले गठबन्धन र सरकारमा सामेल हुन अरू दललाई आग्रह गरेका हुन्।
Weather Update