News Griha :: न्यूजगृह
व्यवस्था र अवस्था दुवैमा परिवर्तन आएको छ : ओली

काठमाडौं— एमाले अध्यक्ष केपी शर्मा ओलीले व्यवस्था परिवर्तन भयो तर अवस्था परिवर्तन भएन भन्ने कुरा गलत भएको बताएका छन्।

शनिबार ११४औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको अवसरमा आयोजित ‘सङ्घर्षशील योद्धाहरू’ पुस्तक लोकार्पणमा बोल्दै ओलीले अवस्थामा पनि परिवर्तन आएको दाबी गरे। 

‘अहिले महिलाहरू मन्त्री, माननीय भइसक्नु भएको छ। ४० प्रतिशत महिलाहरू जनप्रतिनिधि छन्। सरकारी निकायमा ३३ प्रतिशत कार्यान्वयन गरिएको छ। संसद्मा कार्यान्वयन गरिएको छ, रोजगारका क्षेत्रमा आरक्षण गरिएको छ,’ उनले भने।

महिला जागरण, सशक्तीकरण, आरक्षणको लागि एमालेले प्रभावकारी भूमिका निर्वाह गरेको उल्लेख गर्दै अध्यक्ष ओलीले समानुपातिकमा आरक्षण तय गर्दा केही कमजोरी भएकाले त्यसलाई सच्याउनुपर्ने बताए।

प्रकाशित मिति: शनिबार, फागुन २६, २०८०  १७:५०
Weather Update