News Griha :: न्यूजगृह
रेशम चौधरीले भने- सुदूरपश्चिम सरकारबाट हाम्रा मन्त्री फिर्ता हुँदैनन्
फाइल तस्बिर।

बुटवल नागरिक उन्मुक्ति पार्टी (नाउपा)का नेता रेशम चौधरीले सुदूरपश्चिम प्रदेश सरकारमा नियुक्त भएका तीनजना मन्त्रीहरू फिर्ता नहुने बताएका छन्।

शनिबार बुटवलमा नेता चौधरीले पत्रकारहरूसँग मन्त्रीहरू फिर्ता नहुने जिकिर गरे। उनले पार्टीभित्र अध्यक्ष पार्टी अध्यक्ष रञ्जिता श्रेष्ठ र आफूबीच कुनै असमझदारी नरहेकोको दाबी गरे।

शुक्रबार राति मुख्यमन्त्री कमलबहादुर शाहले नाउपा सुदूरपश्चिम संसदीय दलका नेता घनश्याम चौधरीलाई आर्थिक मामिला मन्त्री, खुसीराम डगौरा थारूलाई बिना विभागीय मन्त्री र इन्दिरा गिरीलाई कृषि राज्यमन्त्री नियुक्त गरेका थिए। उनीहरूले शुक्रबार राति नै शपथ लिएका थिए ।

लुम्बिनी प्रदेशमा पनि सरकारलाई दिएको समर्थन फिर्ता नहुने बताएका चौधरीले सरकारमा थप एकजनालाई राज्यमन्त्री पठाउने विषयमा मुख्यमन्त्री डिल्लीबहादुर चौधरीसँग शनिबार छलफल गर्ने बताएका छन्।

चौधरीले निर्वाचन आयोगले आफूलाई पार्टी अध्यक्षमा निर्वाचित भएको मान्यता नदिएको विषयमा आयोगको निर्णय हेरेर मात्रै धारणा दिने बताए। उनले महाधिवेशनले गरेको सर्वसम्मत निर्णय आयोगले मान्नुपर्ने तर्क गरे ।

प्रकाशित मिति: शनिबार, फागुन २६, २०८०  १८:५२
Weather Update