विष्णु पौडेलको दाबी– विगतका यथेष्ट अनुभवबाट बनेको गठबन्धन हो, अब दुर्घटना हुन्नबिहीबार, फागुन २४, २०८०

प्रधानमन्त्रीले सुनाए कांग्रेससँग छुट्टिनुको फेहरिस्त बिहीबार, फागुन २४, २०८० प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले तत्कालीन सत्ता साझेदार नेपाली कांग्रेससँग गठबन्धन टुटाउनुको कारण कांग्रेस महासमिति बैठक भएको स्पष्ट पारेका छन्।बिहीबार प्रतिनिधि सभामा सम्बोधन गरेका प्रधानमन्त्री दाहालले पछिल्लो राजनीतिक सत्ता फेरबदलको कारण कोशी प्रदेशको निर्वाचन, राष्ट्रिय सभा सदस्य चयन तथा सदस्य निर्वाचनमा भएको अन्तरघात, कांग्रेस महासमिति बैठकमा...

प्रचण्डलाई कांग्रेसको प्रश्न– तपाईंले धोका दिएकाहरु एक ठाउँमा उभिए भने के हुन्छ? बिहीबार, फागुन २४, २०८० नेपाली कांग्रेसले प्रधानमन्त्री प्रचण्डबाट पटक पटक धोका भएको बताएको छ। बिहीबार प्रतिनिधि सभाको बैठकमा पार्टीका तर्फबाट धारणा राख्दै नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले प्रधानमन्त्रीले कांग्रेसमाथि विश्वासघात र जनमतको अपमान गरेको टिप्पणी गरे।

प्रधानमन्त्री प्रचण्डलाई कांग्रेसका प्रश्नै प्रश्न बिहीबार, फागुन २४, २०८० प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले प्रधानमन्त्रीले राजनीतिक बेइमानी गरेको भन्दै प्रश्न सोधेको छ। प्रतिनिधि सभाको जारी बैठकमा आफ्नो धारणा राख्दै नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले प्रधानमन्त्रीले इमानको राजनीति नगरेको आरोप लगाए। उनले १५ महिनामा तीन पटक गठबन्धन फेरिएको उल्लेख गर्दै यही गतिमा प्रधानमन्त्री गठबन्धन परिवर्तन गर्नुपरे अबको चार वर्षमा...

कांग्रेसलाई प्रधानमन्त्रीको जवाफ– आफूसँग हुँदा इमान र अर्कोसँग जाँदा बेइमान भन्ने हुँदैन बिहीबार, फागुन २४, २०८० प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले गठबन्धन परिवर्तनको विषय आवेगमा नभइ सोचविचारले नै गरेको बताएका छन्। देश र जनताका लागि केही गरौँ भन्ने हुटहुटीले नै आफूले जोखिम मोलेर यो कदम चालेको प्रधानमन्त्रीको भनाइ छ। प्रतिनिधि सभाको आजको बैठकमा सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले आजैको मन्त्रिपरिषद बैठकमा पनि उपप्रधानमन्त्री तथा मन्त्रीहरूलाई जोखिम मोलेरै भए...

एमालेका प्रमुख सचेतक भन्छन्– सरकारलाई असफल हुने छुट नै छैन बिहीबार, फागुन २४, २०८० नेकपा एमालेका प्रमुख सचेतक महेश बर्तौलाले अहिलेको सरकारलाई कमजोर र असफल हुने छुट नभएको बताएका छन्। बिहीबार प्रतिनिधि सभाको बैठकमा उनले सदनमा आसनहरु परिवर्तन भएपनि भूमिका र जवाफदेहीता नफेरिएको भन्दै सरकारले देश र जनतालाई केन्द्रमा राखेर काम गर्नुपर्ने बताए।

सरकारको प्रवक्तामा मन्त्री शर्मा बिहीबार, फागुन २४, २०८० सरकारले सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्मालाई नेपाल सरकारको प्रवक्तामा निरन्तरता दिने भएको छ। बिहीबार सिंहदरबारमा बसेको नवगठित मन्त्रिपरिषदको बैठकले मन्त्री रेखा शर्मालाई नेपाल सरकारको प्रवक्ता तोक्ने निर्णय गरेको हो।

इलाम—२ उपनिर्वाचनमा एमाले उम्मेदवार छान्न बनायो कार्यदल बिहीबार, फागुन २४, २०८० केन्द्रीय राजनीतिमा नयाँ समीकरण बनेसँगै आउँदो वैशाख १५ गते हुने इलाम क्षेत्र नम्बर—२ को उपनिर्वाचनका लागि नेकपा एमालेले उम्मेदवार चयनको प्रक्रिया अगाडि बढाएको छ। उपनिर्वाचनका लागि एमालेले चैत ५ सम्ममा उम्मेदवार सिफारिस गर्नेगरी तयारी थालेको छ।

गठबन्धन भत्काउनु प्रचण्डको राजनीतिक बेइमानी: कांग्रेस बिहीबार, फागुन २४, २०८० नेपाली कांग्रेसले प्रधानमन्त्रीसमेत रहेका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राजनीतिक बेइमानी गरेको आरोप लगाएको छ। आजको संसदीय दलको बैठकले गठबन्धनप्रति कांग्रेस इमान्दार र प्रतिबद्ध रहँदारहँदै गठबन्धनकै तर्फबाट सरकारको नेतृत्व गरिरहेका नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले राजनीतिक बेइमानी गरेको निष्कर्ष निकालेको हो।

प्रतिपक्षको भूमिकामा कांग्रेसको परीक्षा सुरु बिहीबार, फागुन २४, २०८० संसदको सबैभन्दा ठूलो दल नेपाली कांग्रेस आजदेखि सबैभन्दा ठूलो विपक्षी दल बस्ने स्थानमा बस्ने छ। गएको संसदीय निर्वाचनमा मतदाताले नेपाली कांग्रेसलाई ठूलो दलको हैसियत दिएका थिए। तर संसदको पहिलो बैठकमा प्रवेश नगर्दै ऊ एक्लिन पुगेको थियो, निर्वाचन अघि नै बनेको गठबन्धन बीचमै त्यागेर सहयात्री दल माओवादी केन्द्र एमालेसँग गला मिलाउन...

नवनियुक्त खेलकुद मन्त्री भन्छन्: कुनामा मौन बसेको मन्त्रालयले अब काम गर्छ बिहीबार, फागुन २४, २०८० युवा तथा खेलकुद मन्त्री विराजभक्त श्रेष्ठले ओझेलमा बसेको मन्त्रालयले अब देशलाई अन्तर्राष्ट्रिय जगतमा चिनाउने गरी कार्य गर्ने बताएका छन्। बुधबार प्रधानमन्त्री पुष्पकमल दाहालको विस्तारित मन्त्रीमण्डलमा राष्ट्रिय स्वतन्त्र पार्टीबाट मन्त्री बनेका श्रेष्ठले पदभार ग्रहण गर्दै युवा वर्गका समस्यालाई प्राथमिकतामा राखेर खेलकुद मन्त्रालयलाई अगाढि बढाउने बताए। मन्त्री श्रेष्ठले मन्त्रालयले सबैले थाहा पाउने...

कांग्रेसले बोलायो संसदीय दलको बैठक, प्रतिपक्षको रणनीति बनाउने बिहीबार, फागुन २४, २०८० नेपाली कांग्रेसले संसदीय दलको बैठक डाकेको छ। अप्रत्यासितरुपमा सत्ताशक्तिबाट विमुख भएपछि पार्टी सभापति एवम् संसदीय दलका नेता शेरबहादुर देउवाले त्यसबारे छलफल गर्न पार्टीको संसदीय दलको बैठक बोलाएका हुन्। प्रधानमन्त्री पुष्पकमल दाहालले नयाँ गठबन्धन बनाएपछि प्रमुख सत्तारुढ दल कांग्रेस अब प्रमुख प्रतिपक्षीको भूमिकामा धकेलिएको छ।

संघीय संसदको दुवै सदन आज, छलफलका विषय के—के ? बिहीबार, फागुन २४, २०८० संघीय संसद्का दुवै सदनको बैठक आजलाई बोलाइएको छ। संसद सचिवालयले प्रतिनिधि सभा र राष्ट्रिय सभाको बैठक आजलाई आवह्वान गरेको हो। नयाँबानेश्वरस्थित संघीय संसद भवनमा बिहीबार बिहान ११ बजे बैठक बस्ने गरी प्रतिनिधि सभा र दिउँसो १ बजेर १७ मिनेटमा बस्नेगरी राष्ट्रिय सभाको बैठक डाकिएको संसद सचिवालयले जनाएको छ। पछिल्लो राजनीतिक...