News Griha :: न्यूजगृह
प्रधानमन्त्री प्रचण्डलाई कांग्रेसका प्रश्नै प्रश्न

काठमाडौं– प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले प्रधानमन्त्रीले राजनीतिक बेइमानी गरेको भन्दै प्रश्न सोधेको छ। 

प्रतिनिधि सभाको जारी बैठकमा आफ्नो धारणा राख्दै नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले प्रधानमन्त्रीले इमानको राजनीति नगरेको आरोप लगाए। उनले १५ महिनामा तीन पटक गठबन्धन फेरिएको उल्लेख गर्दै यही गतिमा प्रधानमन्त्री गठबन्धन परिवर्तन गर्नुपरे अबको चार वर्षमा १२ पटक गठबन्धन फेरिन सक्ने भन्दै व्यङ्ग्य गरे। 

फागुन २१ गते नयाँ गठबन्धन कायम गर्न गरिएको ८ बुँदे सहमतिलाई लेखकले प्रधानमन्त्रीको असक्षमताको प्रमाणपत्र भन्दै टिप्पणी गरे। 

व्यक्तिगत रुपमा प्रधानमन्त्रीप्रति सँधै सम्मान रहेको बताउँदै लेखकले देशको प्रधानमन्त्रीका रुपमा बोल्ने शब्द चयनमा पनि ध्यान नदिएको आरोप लगाए। 

कांग्रेसले प्रधानमन्त्रीले बेइमानी गरे भन्दा आक्रोस व्यक्त गर्ने प्रचण्डले आफू कति जिम्मेवार भन्ने हेक्का हुनुपर्ने बताए।

प्रकाशित मिति: बिहीबार, फागुन २४, २०८०  १३:४०
Weather Update