News Griha :: न्यूजगृह
विष्णु पौडेलको दाबी– विगतका यथेष्ट अनुभवबाट बनेको गठबन्धन हो, अब दुर्घटना हुन्न

काठमाडौं— नेकपा एमाले उपाध्यक्ष विष्णु पौडेलले नयाँ सत्ता गठबन्धन कुनै लेनदेन र स्वार्थको गठबन्धन नभएको बताएका छन्। प्रतिनिधि सभाको बैठकमा सम्बोधन गर्दै पौडेलले संविधानसम्मत सहयात्रा आफूहरूले गरेको उल्लेख गर्दै अब यो गठबन्धन दुर्घटनामा नपर्ने दाबी गरे।

‘इतिहास कहिल्यै पनि सेलरोटी जस्तो घुम्दैन। यो स्प्रिङ जस्तो हुन्छ। हिजो जे भयो अहिले फेरि पनि त्यही होला भन्ने नसोच्नुहोला,’ पौडेलले कांग्रेसप्रति लक्षित गर्दै भने, ‘यो स्वार्थको कुनै लेनदेनको सहकार्य होइन। जनताका आकांक्षा पुरा गर्ने सहयात्रा हो। यो विगतका अनुभवबाट यथेष्ट अनुभवबाट बनेको हो। यो दुर्घटना हुँदैन।’

उनले सरकारलाई संविधानको रक्षा, कार्यान्वयन, राष्ट्रहितको पक्षमा एमाले लाग्ने उनले बताए। त्यही अनुसार अहिलेका समस्या समाधान गर्न सरकारलाई सहयोग गर्ने बताए। नयाँ प्रकारको सहयात्रा आरम्भ भएकोले यो सफलता साथ अघि बढ्ने उनले बताए।  

प्रकाशित मिति: बिहीबार, फागुन २४, २०८०  १४:३५
Weather Update