News Griha :: न्यूजगृह
प्रचण्डलाई कांग्रेसको प्रश्न– तपाईंले धोका दिएकाहरु एक ठाउँमा उभिए भने के हुन्छ?

काठमाडौं– नेपाली कांग्रेसले प्रधानमन्त्री प्रचण्डबाट पटक पटक धोका भएको बताएको छ। बिहीबार प्रतिनिधि सभाको बैठकमा पार्टीका तर्फबाट धारणा राख्दै नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले प्रधानमन्त्रीले कांग्रेसमाथि विश्वासघात र जनमतको अपमान गरेको टिप्पणी गरे। 

गठबन्धन बीचमै भत्काउने प्रचण्डको कामबाट जनमतको अपमान भएको उल्लेख गर्दै लेखकले सोही आधारमा प्रधानमन्त्रीको कदमलाई आफ्नो पार्टीले ‘राजनीतिक बेइमानी’को रुपमा लिएको दाबी गरे। 

कुनै बेला नेकपा एमालेले पनि आफ्नो दस्ताबेजमा प्रधानमन्त्री प्रचण्ड र नेकपा माओवादी केन्द्रबाट धोका पाएको भनेर उल्लेख गरेको भन्दै लेखकले प्रश्न गरे, ‘तपाईंले धोका दिएकाहरु एक ठाउँमा उभिए भने के हुन्छ ?’ पछिल्लो १५ महिनामा ३ पटक गठबन्धन फेरिएको उल्लेख गर्दै लेखकले प्रचण्डबाट सबैले धोका पाएको दाबी गरे। 

प्रकाशित मिति: बिहीबार, फागुन २४, २०८०  १४:०२
Weather Update