News Griha :: न्यूजगृह
कांग्रेसलाई प्रधानमन्त्रीको जवाफ– आफूसँग हुँदा इमान र अर्कोसँग जाँदा बेइमान भन्ने हुँदैन

काठमाडौं– प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले गठबन्धन परिवर्तनको विषय आवेगमा नभइ सोचविचारले नै गरेको बताएका छन्। 

देश र जनताका लागि केही गरौँ भन्ने हुटहुटीले नै आफूले जोखिम मोलेर यो कदम चालेको प्रधानमन्त्रीको भनाइ छ। 

प्रतिनिधि सभाको आजको बैठकमा सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले आजैको मन्त्रिपरिषद बैठकमा पनि उपप्रधानमन्त्री तथा मन्त्रीहरूलाई जोखिम मोलेरै भए पनि नतिजामूलक काम गर्न सुझाएको बताए। 

उनले आफूले राजनीतिक बेइमान नगरेको बताउँदै प्रधानमन्त्री प्रचण्डले राजनीतिक प्रतिवद्धता पूरा गर्न आफूमा हुटहुटी भएको बताए। उनले भने, ‘नेपाली कांग्रेसको संसदीय दलको बैठकले प्रचण्डले बेइमान गरे भन्ने निर्णय गर्‍यो रे। मैले समाचारमा पढेँ। केहो अहिले भन्नु नै होला। तर यसलाई राजनीतिक बेइमानको रुपमा नभइ राजनीतिक प्रतिवद्धता र विचारका हिसाबले हेर्दा होला।’

राष्ट्रिय मुद्दाहरूमा मिलेरै अगाडि बढ्नुपर्ला भन्दै प्रचण्डले आफूसँग हुँदा इमान र अर्कोसँग जाने बित्तिकै बेइमान भन्ने हुँदै नहुने बताए। 

प्रचण्डले कांग्रेससँगको गठबन्धनमा पनि कुनै समस्या नरहेको बताउँदै राजनीतिक नतिजाका लागि फरक रुपले हिँड्नुपर्ने बताएका छन्। उनले भने, ‘व्यक्ति प्रचण्डका रुपमा म कुनै समस्यामा थिइन। न मेरो पद नै असुरक्षित थिएन। टिकिरहनु मात्रै स्थायित्व हो भने स्थायित्वको समस्या थिएन।’

प्रकाशित मिति: बिहीबार, फागुन २४, २०८०  १३:०९
Weather Update