एकीकृत समाजवादी सरकारमा जाने, २ मन्त्री पायोबुधबार, फागुन २३, २०८०

गठबन्धनमा मिल्यो मन्त्रालयको भागबण्डा बुधबार, फागुन २३, २०८० सत्तारुढ गठबन्धनका दलहरुबीच मन्त्रालयको भागबण्डा टुंगिएको छ। सत्ताको नेतृत्वकर्ता माओवादी केन्द्रले प्रधानमन्त्री बाहेक ५ वटा मन्त्री र एउटा राज्यमन्त्री पाउने सहमति भएको छ। यस्तै, नेकपा एमालेले ८ मन्त्री र एउटा राज्यमन्त्री पाउने सहमति भएको छ। राष्ट्रिय स्वतन्त्र पार्टीले ४, जनता समाजवादी पार्टीले २ मन्त्री र एउटा राज्यमन्त्री तथा नेकपा एकीकृत...

रास्वपाबाट सरकारका जाने चार मन्त्री, दुई पुराना, दुई नयाँ बुधबार, फागुन २३, २०८० राष्ट्रिय स्वतन्त्र पार्टीले सरकारमा सहभागी चार जना मन्त्रीको नाम टुंग्याएको छ। छलफलपछि पार्टीको नेतृत्व गर्दै सभापति रवि लामिछाने सरकारमा जाने टुंगो लगाएको रास्वपाले जनाएको छ। लामिछानेले गृह मन्त्रालयको जिम्मेवारी सम्हाल्ने छन्।

अर्कै राजनीतिक समीकरण निर्माणमा जुटेका हुन देउवा? बुधबार, फागुन २३, २०८० गठबन्धन भत्किएको विषयमा मंगलबार पार्टी केन्द्रीय कार्यसम्पादन समितिको बैठकबाट धारणा निर्माण गरेपछि भने देउवा राजनीतिक भेटघाटमा सक्रिय भएका छन्। देउवाले मंगलबार साँझदेखि नै विभिन्न दलका नेताहरुसँग प्रत्यक्ष भेटमा र फोनमा समेत कुराकानी गरेको उनीनिकट स्रोतको दाबी छ। देउवाले बुधबार बिहान मात्रै नेकपा एमालेका १ जना उच्च तहका नेतालाई भेटेको स्रोतको...

माधव नेपाललाई देउवाको प्रस्ताव– पुरानै गठबन्धनलाई सक्रिय बनाउँ बुधबार, फागुन २३, २०८० नेपाली कांग्रेसले एकीकृत समाजवादीलाई यसअघिकै (पुरानो) गठबन्धनलाई पुनर्जीवित गर्ने प्रस्ताव गरेको छ। गणतान्त्रिक व्यवस्थाको सुदृढीकरण र संविधानको रक्षाका लागि बनेको गठबन्धनको कार्यभार पूरा गर्न अझै बाँकी रहेकाले फेरि सहकार्य गरेर जान कांग्रेसले प्रस्ताव गरेको हो।

माओवादीले फिर्ता लियो गण्डकी प्रदेश सरकारको समर्थन बुधबार, फागुन २३, २०८० नेकपा (माओवादी केन्द्र)ले गण्डकी प्रदेशमा कांग्रेसका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेलाई दिएको समर्थन फिर्ता लिएको छ। बुधबार बिहान बसेको माओवादी संसदीय दल गण्डकीको बैठकले समर्थन फिर्ता लिने निर्णय गरेको माओवादी केन्द्र गण्डकी प्रदेशका संसदीय दलका नेता हरिबहादुर चुमानले जानकारी दिए।

आन्दोलनमा मृत्यु भएकालाई ५ लाख दिने कोशी सरकारको निर्णय बुधबार, फागुन २३, २०८० कोशी प्रदेश सरकारले पहिचान पक्षधरको आन्दोलनका क्रममा मृत्यु भएका पदम लिम्बूको परिवारलाई ५ लाख रुपैयाँ राहत दिने भएको छ।आज बसेको कोशी प्रदेश सरकार मन्त्रिपरिषदको बैठकले राहत सहयोग दिने निर्णय गरेको हो।प्रदेशसभाले तत्कालीन प्रदेश १ को ‘कोशी’ नामकरण गरेपछि असन्तुष्ट बनेका पहिचान पक्षधरले आन्दोलन गरेका थिए।आन्दोलनका क्रममा विराटनगरमा...

सत्तामा जाने हतार नगर्न उपेन्द्रलाई जसपा नेताहरूको सुझाव बुधबार, फागुन २३, २०८० नयाँ बन्ने गठबन्धन सरकारमा सम्भावित मन्त्रीको नाम टुंग्याउने उद्देश्यले बसेको जनता समाजवादी पार्टी (जसपा) को कार्यकारिणी समितिको बैठकमा अध्यक्ष उपेन्द्र यादवलाई सत्तामा जान हतार नगर्न नेताहरुले सुझाएका छन्। आजको कार्यकारिणी समितिको बैठकमा मधेश प्रदेश सरकारको निरन्तरता पार्टीको पहिलो सर्त भएपनि मन्त्रालयको भागवन्डाको विषयले छलफलमा चर्को रुप लिएको एक नेताले बताए।...

कोटेश्वरमा माधव नेपाल र शेरबहादुर देउवाको वार्ता बुधबार, फागुन २३, २०८० पछिल्लो राजनीतिक घटनाक्रमसँगै नेताहरूको भेटवार्ता र दौडधुप बढेको छ। शीर्ष तहका नेता तथा दोस्रो तहका नेताहरूको दौडधुप बिहानैदेखि राति अबेरसम्म चलिरहेको छ। आज बिहानै नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललाई भेट्न कोटेश्वर पुगेका छन्। दुई नेताबीच पछिल्लो राजनीतिक घटनाक्रम र विकसित अवस्थाका बारेमा छलफल भएको...

सिद्धान्त र कार्यक्रममा केन्द्रित हुन नयाँ गठबन्धनलाई बुद्धिजीवीको सुझाव बुधबार, फागुन २३, २०८० प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारलाई समर्थन गर्दै बामपन्थी पार्टीहरूको अगुवाइमा नयाँ सत्ता गठबन्धन बनेपछि राजनीतिक वृत्तमा बेग्लै सञ्चार प्रवाह भएको छ।तत्कालीन सत्ता गठबन्धनमा रहेका दलबाट एकले अर्कोलाई ‘धोका दिएको’ प्रतिक्रिया सार्वजनिक भइरहँदा बामपन्थी बुद्धिजीवी एवं विश्लेषकहरूले मिलेर काम गर्न सकेमा नयाँ गठबन्धन मुलुक र जनताका लागि सकारात्मक हुने...

मन्त्री र मन्त्रालय बाँडफाँट टुंग्याउन दलहरू आन्तरिक छलफलमा बुधबार, फागुन २३, २०८० सत्ता गठबन्धन दलका नेताहरू गठबन्धनमा सामेल हुने दल र मन्त्रालय बाँडफाँटको टुंगो लगाउन आन्तरिक छलफलमा छन्। पार्टीभित्र क-कसलाई सरकारमा सामेल गराउने भन्ने विषयमा पनि दलहरूभित्र छलफल चलिरहेको छ। गठबन्धनमा अहिले नेकपा माओवादी केन्द्र, नेकपा एमाले, राष्ट्रिय स्वतन्त्र पार्टी र जनता समाजवादी पार्टी सामेल छन्। प्रदेशको समेत सत्ता समीकरणलाई लिएर चार...

कोशीमा मुख्यमन्त्रीले राजीनामा नदिने, अब के हुन्छ ? बुधबार, फागुन २३, २०८० एमालेको समर्थनमा मुख्यमन्त्री बनेका कार्की विश्वासको मत लिएपछि कांग्रेस-माओवादी गठबन्धनकै साथ लागेका थिए। त्यहीबेला देखि चिडिएको एमालेले नयाँ गठबन्धनमा सामेल भए लगत्तै मुख्यमन्त्री कार्कीको राजीनामा माग गरिसकेको छ। मुख्यमन्त्री कार्कीले भने सरकार छाड्ने संकेत गरेका छैनन्। उनले राजीनामा नदिने बताएका छन्।
-1709696677.jpeg)
सरकारमा सहभागिता बारे टुंग्याउन नेकपा एकीकृत समाजवादीको सचिवालय बस्दै बुधबार, फागुन २३, २०८० नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल नेतृत्वको नयाँ बनेको सत्ता समीकरणमा सामेल हुने/नहुने विषयमा छलफल गर्न नेकपा एकीकृत समाजवादीको सचिवालय बैठक बोलाइएको छ। बैठक बुधबार बिहान ११ बजे पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा बस्ने भएको हो। आजको बैठकले एजेण्डामा चार दल सम्मिलित नयाँ सत्ता गठबन्धन र सरकारमा सहभागी हुने वा नहुने...