
काठमाडौं– नेकपा एकीकृत समाजवादी पनि नयाँ गठबन्धनको सरकारमा सहभागी हुने भएको छ। एकीकृत समाजवादीले सरकारमा सहभागी हुने सहमति जनाएपछि गठबन्धनका दलहरुले मन्त्रालयको भागबण्डा टुंग्याएका छन्।
नेकपा एकीकृत समाजवादीले २ वटा मन्त्री पाउने सहमति भएको नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुनले जानकारी दिए।
गठबन्धनका दलहरुबीच प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भएको बैठकले मन्त्रालयको भागबण्डा टुंग्याएको छ। सत्ताको नेतृत्वकर्ता माओवादी केन्द्रले प्रधानमन्त्री बाहेक ५ वटा मन्त्री र एउटा राज्यमन्त्री पाउने सहमति भएको छ।
यस्तै, नेकपा एमालेले ८ मन्त्री र एउटा राज्यमन्त्री पाउने सहमति भएको छ। राष्ट्रिय स्वतन्त्र पार्टीले ४, जनता समाजवादी पार्टीले २ मन्त्री र एउटा राज्यमन्त्री पाउने सहमति भएको नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुनले जानकारी दिए।