कोटेश्वरमा माधव नेपाल र शेरबहादुर देउवाको वार्ता

काठमाडौं– पछिल्लो राजनीतिक घटनाक्रमसँगै नेताहरूको भेटवार्ता र दौडधुप बढेको छ।
शीर्ष तहका नेता तथा दोस्रो तहका नेताहरूको दौडधुप बिहानैदेखि राति अबेरसम्म चलिरहेको छ। आज बिहानै नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललाई भेट्न कोटेश्वर पुगेका छन्।
दुई नेताबीच पछिल्लो राजनीतिक घटनाक्रम र विकसित अवस्थाका बारेमा छलफल भएको छ। बदलिएको राजनीतिक कोर्षकाबीच देउवा र नेपालको भेटलाई अर्थपूर्ण रुपमा लिइएको छ।
अस्वस्थ भएर घरमै आराम गरिरहेका नेपाललाई भेट्न हिजो प्रधानमन्त्री पुष्पकमल दाहाल तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली कोटेश्वर पुगेका थिए। हिजोको भेटमा दुवै जनाले नेपाललाई वर्तमान गठबन्धनको सरकारमा सहभागी हुन आग्रह गरेका थिए।
प्रकाशित मिति: बुधबार, फागुन २३, २०८० १०:३४