रास्वपाबाट सरकारका जाने चार मन्त्री, दुई पुराना, दुई नयाँ

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीले सरकारमा सहभागी चार जना मन्त्रीको नाम टुंग्याएको छ।
छलफलपछि पार्टीको नेतृत्व गर्दै सभापति रवि लामिछाने सरकारमा जाने टुंगो लगाएको रास्वपाले जनाएको छ। लामिछानेले गृह मन्त्रालयको जिम्मेवारी सम्हाल्ने छन्।
त्यस्तै उपसभापति डीपी अर्यालले श्रम मन्त्रालयको जिम्मेवारी पाउने छन् भने युवा तथा खेलकुदमा रास्वपाले विराजभक्त श्रेष्ठलाई पठाउने भएको छ। त्यस्तै शिक्षा मन्त्रालयलको जिम्मेवारीसहित रास्वपाले सुमना श्रेष्ठलाई सरकारमा पठाउने निर्णय गरेको हो।
प्रकाशित मिति: बुधबार, फागुन २३, २०८० १४:१३