News Griha :: न्यूजगृह
गठबन्धनमा मिल्यो मन्त्रालयको भागबण्डा 

काठमाडौं– सत्तारुढ गठबन्धनका दलहरुबीच मन्त्रालयको भागबण्डा टुंगिएको छ। सत्ताको नेतृत्वकर्ता माओवादी केन्द्रले प्रधानमन्त्री बाहेक ५ वटा मन्त्री र एउटा राज्यमन्त्री पाउने सहमति भएको छ। 

यस्तै, नेकपा एमालेले ८ मन्त्री र एउटा राज्यमन्त्री पाउने सहमति भएको छ। राष्ट्रिय स्वतन्त्र पार्टीले ४, जनता समाजवादी पार्टीले २ मन्त्री र एउटा राज्यमन्त्री तथा नेकपा एकीकृत समाजवादीले २ वटा मन्त्री पाउने सहमति भएको नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुनले जानकारी दिए।  

एमाले पार्टी सचिव रघुवीर महासेठको नेतृत्वमा सरकारमा सहभागी हुने बताइएको छ। नेकपा एमालेका १ जना नेताका अनुसार महासेठ उपप्रधानसहित भौतिक योजना पूर्वाधार तथा यातायातमन्त्री बन्ने पक्का भएको छ। एमालेबाट पदम गिरीले यसअघि नै मन्त्रीको शपथ लिइसकेका छन्। 

प्रकाशित मिति: बुधबार, फागुन २३, २०८०  १४:३७
Weather Update