राष्ट्रिय सभा अध्यक्ष चयन गर्दा ‘नो भोट’!मंगलबार, फागुन २९, २०८०

इलाम २ उपनिर्वाचन: अन्य दल ताते पनि कांग्रेस सुस्त मंगलबार, फागुन २९, २०८० इलाम २ मा बलियो पकड जमाउदै आएको नेपाली कांग्रेस भने उप निर्वाचनका सवालमा सुस्त देखिएको छ। कांग्रेसबाट आकांक्षीरुको दौडधुप बढिरहेका बेला केन्द्रीय समितिले उप निर्वाचनका बारेमा आधिकारिक निर्णय गर्न सकेको छैन।केन्द्रले महामन्त्री विश्वप्रकाश शर्मा र सहमहामन्त्री भिष्मराज आङदम्बेलाई इलामको अवस्था बुझ्न भनेपनि दुवैजना अष्ट्रेलिया उड्ने तयारीमा छन्। १६ मार्चमा...

एमाले प्रतिपक्षमै रमाउने हो, कांग्रेसले प्रतिपक्षी हुँदा नआत्तिओस् मंगलबार, फागुन २९, २०८० राष्ट्रिय सभा सदस्य देवेन्द्र दाहालले प्रतिपक्षी हुँदैमा नआत्तिन नेपाली कांग्रेसलाई आग्रह गरेका छन्। राष्ट्रिय सभाको आजको बैठकमा नारायण दाहाललाई राष्ट्रिय सभा अध्यक्ष बनाउने प्रस्तावको समर्थन गर्दै दाहालले अहिलेको गठबन्धन समयको माग रहेको बताए।

अरूलाई आरोप लगाउनेले आफू पनि ऐन हेरौँ— सांसद ढुंगाना मंगलबार, फागुन २९, २०८०

एमाले अध्यक्ष ओली र नेकपा एकीकृत समाजवादी अध्यक्ष नेपालसँग प्रधानमन्त्री प्रचण्डको छलफल मंगलबार, फागुन २९, २०८० प्रधानमन्त्री एवम् नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओली र नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालसँग छलफल गरेका छन्। प्रधानमन्त्री निवास बालुवाटारमा आज भएको छलफलमा मुलुकको समसामयिक राजनीतिक परिस्थिती, प्रधानमन्त्रीले बुधबार सङ्घीय संसदमा लिन लाग्नुभएको विश्वासको मत,...

प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिन रास्वपाको ह्वीप मंगलबार, फागुन २९, २०८० प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत दिन राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आफ्ना सांसदलाई ह्वीप जारी गरेको छ। सत्ता साझेदार रास्वपाको आज बिहान भएको संसदीय दलको बैठकले वर्तमान सरकारलाई विश्वासको मत दिने निर्णयसहित प्रधानमन्त्रीले संसदमा विश्वासको मत माग्दा विश्वास मत प्रदान गर्न ह्वीप जारी गरेको छ।

प्रहरीलाई गृहमन्त्री रविको अपिल: अपराध गर्नेलाई कारबाही गर्न मेरो आदेश नकुर्नुहोस् मंगलबार, फागुन २९, २०८० गृहमन्त्री रवि लामिछानेले देशका कानूनी राज्यको प्रत्याभूत हुने गरी काम गर्न प्रहरी अधिकारीलाई आग्रह गरेका छन्। सामाजिक सञ्जाल फेसबुकबाट अपिल सार्वजनिक गर्दै उपप्रधानमन्त्रीसमेत रहेका गृहमन्त्री लामिछानेले अपराधीलाई कारबाही गर्न आदेश पर्खेर नबस्न पनि सुझाएका छन्। उनले प्रहरीलाई सलाम गर्ने गरी काम गर्न पनि सुझाएका छन्। भनेका छन्, ‘तपाईंले मलाई होइन...

मिटरब्याजीपीडितलाई भेटेर गृहमन्त्रीले भने: सहमति पूर्ण कार्यान्वयन हुन्छ, ढुक्क हुनुहोस् मंगलबार, फागुन २९, २०८० उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेले मिटरब्याजीपीडितसँगको सहमति पूर्णरुपमा पालना गर्ने प्रतिबद्धता जनाएका छन्। सरकार र मिटरब्याज तथा ठगीविरुद्ध किसान–मजदुर सङ्घर्ष समितिबीच जाँचबुझ आयोग बनाउनेसहितका चारबुँदे सहमतिपछि मिटरब्याजीपीडित बसिरहेको स्थानमा पुगेर लामिछानेले सहमति कार्यान्वय हुनेमा ढुक्क रहन आग्रह गरे।

सरकारसँगको सहमतिपछि मिटरव्याज पीडितको आन्दोलन स्थगित मंगलबार, फागुन २९, २०८० आन्दोलनरत मिटरव्याजपीडित र सरकारबीच सोमबार साँझ चार बुँदे सहमति भएपछि मिटरब्याज पीडितले मंगलबारदेखि आन्दोलन स्थगित गरेका छन्। उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेको पहलमा गृह मन्त्रालयमा भएको वार्तामा मिटरव्याज तथा ठगीविरुद्ध किसान-मजदुर संघर्ष समिति र मन्त्रालयबीच चार बुँदे सहमति भएको हो। मिटरब्याजपीडितका समस्या सम्बोधन गर्न सरकारले यसअघिको भन्दा थप अधिकारसहितको शक्तिशाली...

राप्रपाका तीन नेता निलम्बित मंगलबार, फागुन २९, २०८० राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले तीन जना नेतालाई निलम्बन गरेको छ। महाधिवेशन प्रतिनिधिद्वय पूर्व केन्द्रीय सदस्य सिन्धुपाल्चोकका भीमसेन खनाल र दाङका हंसराज केसी तथा बर्दियाको ठाकुरबाबा नगरपालिकाका पूर्व अध्यक्ष गोरखबहादुर बम निलम्बनमा परेका हुन्।पार्टी प्रवक्ता मोहन श्रेष्ठका अनुसार सामाजिक सञ्जालमा पार्टी हित विपरीत भ्रम फैलाउने, पार्टीको नीति, नेतृत्व र एकता...

नेपाली कांग्रेसको पदाधिकारी बैठक बस्दै मंगलबार, फागुन २९, २०८० नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले संघीय संसद्मा पार्टीको प्रतिपक्षी भूमिकाबारे छलफल गर्न पदाधिकारी र पूर्वपदाधिकारीहरूको बैठक बोलाएका छन्। बैठक दिउँसो तीन बजे देउवा निवास बूढानीलकण्ठमा बस्नेछ। बैठकमा सहभागी हुन देउवाले संघीय संसद्का पदाधिकारी र पूर्वपदाधिकारीहरूलाई बोलाएका छन्।

राष्ट्रिय सभा अध्यक्षको निर्वाचन आज मंगलबार, फागुन २९, २०८० संघीय संसद्को माथिल्लो सभा अर्थात् राष्ट्रिय सभाको अध्यक्ष चयन गर्न आज निर्वाचन हुँदैछ। तत्कालीन अध्यक्ष गणेशप्रसाद तिमिल्सिना आफ्नो छ वर्षे कार्यकाल पूरा गरी राष्ट्रिय सभाबाट अवकाश भएपछि अध्यक्षका लागि निर्वाचन हुन लागेको हो। मंगलबार विहान ११ - ०९ बजे बस्ने राष्ट्रिय सभाको बैठकमा अध्यक्ष चयनका लागि मतदान गर्ने कार्यसूची रहेको...

राप्रपाले सार्यो काठमाडौं केन्द्रित जनप्रदर्शनको मिति सोमबार, फागुन २८, २०८० पार्टीको कार्यसम्पादन समितिको बैठकले सोमबार यस्तो निर्णय गरेको अध्यक्ष राजेन्द्र लिङ्देनले बताए। बैठकका निर्णय सार्वजनिक गर्दै उनले एसईई परीक्षाको समय, लाखौँ विद्यार्थी, अभिभावकको असुविधा र संवेदनशीलतालाई ध्यान दिई काठमाडौं केन्द्रित जनप्रदर्शनको मिति सारिएको जानकारी दिएका हुन् ।