एमाले प्रतिपक्षमै रमाउने हो, कांग्रेसले प्रतिपक्षी हुँदा नआत्तिओस्

काठमाडौं— राष्ट्रिय सभा सदस्य देवेन्द्र दाहालले प्रतिपक्षी हुँदैमा नआत्तिन नेपाली कांग्रेसलाई आग्रह गरेका छन्।
राष्ट्रिय सभाको आजको बैठकमा नारायण दाहाललाई राष्ट्रिय सभा अध्यक्ष बनाउने प्रस्तावको समर्थन गर्दै दाहालले अहिलेको गठबन्धन समयको माग रहेको बताए।
विगतदेखि नै कांग्रेस सरकारमा रहेको र एमाले प्रतिपक्षी भूमिकामा रहेको बताउँदै उनले एमाले प्रतिपक्षमै रमाउने बताए।
एमालेतर्फका राष्ट्रिय सभा सदस्य दाहालले भने, ‘हिजो नेकपा एमालेलाई एक्लै पारेर। एमालेलाई कर्नरमा राखेर गठबन्धन भएको थियो। आज फरक परिस्थितिमा एमालेसहितको नयाँ गठबन्धन बनेको छ। यो समयको माग नै हो।’
प्रकाशित मिति: मंगलबार, फागुन २९, २०८० १२:१२