News Griha :: न्यूजगृह
राष्ट्रिय सभा अध्यक्ष चयन गर्दा ‘नो भोट’!

काठमाडौं— राष्ट्रिय सभा सदस्य तुलप्रसाद विश्वकर्माले राष्ट्रिय सभा अध्यक्ष चयन गर्दा कसैलाई भोट नहाल्ने बताएका छन्। 

राष्ट्रिय जनमोर्चाबाट राष्ट्रिय सभा सदस्य बनेका विश्वकर्माले राष्ट्रिय सभा अध्यक्ष जस्तो व्यक्ति सर्वसम्मतबाट बन्नुपर्ने भन्दै आफू र आफ्नो पार्टीले चुनावी प्रतिपर्धामा सहभागी नभइ नो भोटको अवस्थामा पुगेको बताए। 

विश्वकर्माले भने, ‘देशको राजनीतिक परिस्थितिमा जुन संकट आएको थियो। प्रतिगमन रोक्न हिजोको गठबन्धन बनेको थियो। तर आज देशमा प्रतिगमन सचियो कि सच्चिएन थाहा छैन तर फेरि बदलियो गठबन्धन । देशमा फेरि प्रतिगमनको खतरा छ। यो चुनाव सहमतिका साथ हुनुपर्ने हो। नियमावलीले पनि सहमतिमै राष्ट्रिय सभा अध्यक्ष चयन गर्नु भन्छ। हामी गठबन्धन परिवर्तन गर्दै सत्तामा रहने खेल मात्र भइरहेको छ।’

प्रकाशित मिति: मंगलबार, फागुन २९, २०८०  १२:४४
Weather Update