प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिन रास्वपाको ह्वीप

काठमाडौं– प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत दिन राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आफ्ना सांसदलाई ह्वीप जारी गरेको छ।
सत्ता साझेदार रास्वपाको आज बिहान भएको संसदीय दलको बैठकले वर्तमान सरकारलाई विश्वासको मत दिने निर्णयसहित प्रधानमन्त्रीले संसदमा विश्वासको मत माग्दा विश्वास मत प्रदान गर्न ह्वीप जारी गरेको छ।
प्रधानमन्त्री प्रचण्डले भोलि फागुन ३० गतेको संसदमा विश्वासको मत लिने भएकाले बैठकमा अनिवार्य उपस्थित हुन र सरकारलाई विश्वासको मत दिन ह्वीप जारी गरिएको रास्वपा संसदीय दलका प्रमुख सचेतक सन्तोष परियारले जानकारी दिए।
प्रधानमन्त्री प्रचण्डले फागुन ३० गते तेस्रो पटक विश्वासको मत लिँदैछन्। वर्तमान सत्ता गठबन्धनमा सहभागी रास्वपा उपप्रधासहित चार मन्त्रालय लिएर सरकारमा सहभागी छ।
प्रकाशित मिति: मंगलबार, फागुन २९, २०८० ११:११