News Griha :: न्यूजगृह
अरूलाई आरोप लगाउनेले आफू पनि ऐन हेरौँ— सांसद ढुंगाना

काठमाडौं— राष्ट्रिय सभाका सांसद आनन्दप्रसाद ढुंगानाले आरोप प्रत्यारोपबाट माथि उठेर काम गर्नुपर्ने बताएका छन्। राष्ट्रिय सभाको आजको बैठकमा युवराज शर्मालाई राष्ट्रिय सभाको अध्यक्ष पदको उम्मेदवार बनाउन प्रस्ताव गर्दै अब देश र जनताका पक्षमा काम गर्न जिम्मेवार भएर लाग्नुपर्ने बताए। 

समयको पालना गर्दै समयले दिएको जिम्मेवारी पूरा गर्न राष्ट्रिय सभा जिम्मेवार हुनुपर्ने र त्यसका लागि नेतृत्व गर्न सभाको अध्यक्षमा आफूले युवराज शर्माको नाम सिफारिस गरेको ढुंगानाले बताए। 

गठबन्धन तोडेर प्रधानमन्त्रीले गलत गरेको बताउँदै उनले आफू ज्यूँदो रहुञ्जेल उथलपुथल हुन्छ भन्दै अस्थिरताको संकेत दिएको आरोप लगाए। 

अरुले गल्ती गरे भन्न सजिलो भएपनि आफूले के गरिरहेको छु त्यो थाहा पाउन आफैँले ऐना हेर्नुपर्ने सुझाव सांसद ढुंगानाको छ। 

ढुंगानाको प्रस्तावलाई समर्थन गर्दै सांसद किरणबाबु श्रेष्ठले लामो समयदेखि निष्ठाको राजनीतिक गर्दै आएका व्यक्ति युवराज शर्मालाई राष्ट्रिय सभाको अध्यक्ष बनाउन आग्रह गरे। शर्मा राष्ट्रिय सभा अध्यक्ष बने सभालाई अभिभावकत्व प्रदान गर्ने, सभाको गरिमा र उचाई बढाउने तथा कुशल रुपले सभा सञ्चालन गर्न सक्ने बताए।

प्रकाशित मिति: मंगलबार, फागुन २९, २०८०  ११:५३
Weather Update