News Griha :: न्यूजगृह
राप्रपाका तीन नेता निलम्बित

काठमाडौं— राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले तीन जना नेतालाई निलम्बन गरेको छ। 

महाधिवेशन प्रतिनिधिद्वय पूर्व केन्द्रीय सदस्य सिन्धुपाल्चोकका भीमसेन खनाल र दाङका हंसराज केसी तथा बर्दियाको ठाकुरबाबा नगरपालिकाका पूर्व अध्यक्ष गोरखबहादुर बम निलम्बनमा परेका हुन्।

पार्टी प्रवक्ता मोहन श्रेष्ठका अनुसार सामाजिक सञ्जालमा पार्टी हित विपरीत भ्रम फैलाउने, पार्टीको नीति, नेतृत्व र एकता विरुद्ध निरन्तर नकारात्मक धारणा दिँदै आएका कारण उनीहरूलाई निलम्बन गरिएको हो।

 उनीहरूलाई पार्टी सदस्यबाट निलम्बन गर्ने अनुशासन समितिको सिफारिसलाई कार्यसम्पादन समितिको बैठकले अनुमोदन गरेको प्रवक्ता श्रेष्ठले बताए।  

प्रकाशित मिति: मंगलबार, फागुन २९, २०८०  ०९:०२
Weather Update