
काठमाडौं— प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ। बालुवाटारमा भएको भेटवार्तामा पछिल्ला समसामयिक राजनीतिक घटनाक्रमबारे छलफल भएको प्रधानमन्त्रीका प्रेसविज्ञ मनोहरि तिमल्सिनाले बताए।
उनले भने, ‘नयाँ समीकरण पछि गठबन्धनमा धेरै कुरा मिलाउनुपर्नेछ । त्यही विषयमा केन्द्रित भएर उहाँहरु एक घण्टा जति छलफलमा बस्नुभएको थियो। यो गठबन्धन दलका शीर्ष नेताहरूबीच भएको नियमित भेट नै हो।’
भेटमा भोलि हुने राष्ट्रियसभा अध्यक्ष निर्वाचन, प्रधानमन्त्रीले लिने विश्वासको मत, सरकारका साझा न्यूनतम कार्यक्रमको विषयमा छलफल भएको बताइएको छ।
राष्ट्रियसभा अध्यक्षमा सत्ता गठबन्धनको तर्फबाट माओवादीले नारायण दाहाललाई अगाडि सारेको छ। उपाध्यक्ष एमालेले पाउने सहमति छ। गठबन्धन फेरिएपछि कांगेसले सरकारलाई दिँदै आएको समर्थन फिर्ता लिएपछि प्रधानमन्त्री प्रचण्डले फागुन ३० गते विश्वासको मत लिने तयारी गरेका छन्।