प्रदेश सभा उपनिर्वाचनमा रास्वपाले भाग नलिने

काठमाडौं— राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आगामी वैशाख १५ मा बझाङ (१) मा हुने उपनिर्वाचनमा भाग नलिने भएको छ।
सोमबार बसेको केन्द्रीय समिति बैठकले प्रदेश सभाको उपनिर्वाचनमा भाग नलिने निर्णय गरेको महामन्त्री मुकुल ढकालले जानकारी दिए।
बैठकले प्रतिनिधि सभाको उपनिर्वाचन हुने इलाम २ मा उम्मेदवारी दिने तर त्यसै दिन उपनिर्वाचन हुने बझाङ (१) मा भने उम्मेदवारी नदिने निर्णय गरेको छ।
निर्वाचन तयारीका लागि रास्वपाले सहमहामन्त्री कविन्द्र बुर्लाकोटीलाई इलाम २ मा खटाएको छ।
प्रकाशित मिति: सोमबार, फागुन २८, २०८० १७:२४













