News Griha :: न्यूजगृह
राष्ट्रिय सभा अध्यक्षका लागि दाहाल र शर्माको उम्मेदवारी

काठमाडौं— राष्ट्रिय सभाको रिक्त अध्यक्षका लागि नारायण दाहाल र युवराज शर्माको उम्मेदवारी दर्ता भएको छ। 

दाहालले सत्ता गठबन्धनको तर्फबाट उम्मेदवारी दर्ता गराएका हुन् भने शर्मा प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसतर्फका उम्मेदवार हुन्। 

सत्ता गठबन्धनका उमेदवार दाहालको प्रस्तावमा माओवादीका गोपी सार्की अछामी र समर्थनमा एमालेका देवेन्द्र दाहाल, एकीकृत समाजवादीका बेदुराम भुसाल र जसपाका मोहम्मद खालिद छन्।

यस्तै प्रतिपक्षी दल कांग्रेस उम्मेदवार शर्माको प्रस्तावकमा कांग्रेसका आनन्दप्रसाद ढुंगाना र समर्थनमा कांग्रेसका किरणबाबु श्रेष्ठ र लोकतान्त्रिक पार्टी (लोसपा)का शेखरकुमार सिंह छन्।

उम्मेदवारी दर्ताको समय बिहान ११ बजेदेखि दिउँसो १ बजेसम्मलाई छुट्याइएको छ। उम्मेदवारको नामावली आजै साढे १ बजे प्रकाशित हुनेछ।

भोलिको राष्ट्रियसभा बैठकमा निर्वाचन हुनेछ। राष्ट्रिय सभामा सत्ता गठबन्धनको सहज बहुमत भएकाले दाहाल आफ्नो जितप्रति ढुक्क देखिएका छन्।

प्रकाशित मिति: सोमबार, फागुन २८, २०८०  ११:४७
Weather Update