News Griha :: न्यूजगृह
एकीकृत समाजवादीले खोज्यो प्रधानमन्त्रीको लिखित सहमति

काठमाडौं— एकीकृत समाजवादी पार्टीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफूहरूले राखेको सर्त लिखित रुपमा सहमति जनाएपछि मात्र राष्ट्रिय सभाको निर्वाचनमा मत दिने निर्णय गरेको छ। 

सोमबार सिंहदरबारमा बसेको एकीकृत समाजवादीको संसदीय दलको बैठकले पार्टीको प्रस्तावमा लिखित रुपमा सहमति जनाएपछि मात्र राष्ट्रिय सभाको निर्वाचन र प्रधानमन्त्रीले लिने विश्वासको मतको बारेमा निर्णय गर्ने प्रमुख सचेतक मेटमणि चौधरीले जानकारी दिए। 

उनले भने, ‘भोलि हुने राष्ट्रिय सभाको अध्यक्षको निर्वाचनको बारेमा र पर्सि प्रधानमन्त्रीले लिने विश्वासको मतको बारेमा हामीले केही निर्णय गरेनौं। हामीले प्रधानमन्त्रीलाई केही भनेका छौं। उहाँले त्यो कुरामा लिखित रुपमा नै सहमति जनाउनुभयो भने निर्वाचनमा भोट दिन सक्छौं र विश्वासको मतमा पनि सकारात्मक हुन सक्छौं।’ 

प्रकाशित मिति: सोमबार, फागुन २८, २०८०  १८:१३
Weather Update