गण्डकी, मधेस र सुदूरपश्चिम प्रदेश प्रमुख पदमुक्त

काठमाडौं— सरकारले गण्डकी, मधेस र सुदूरपश्चिम प्रदेश प्रमुखलाई पदमुक्त गर्ने निर्णय गरेको छ।
सोमबार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बसेको बैठकले तीन प्रदेशका प्रमुखलाई पदमुक्त गर्न राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष सिफारिस गर्ने निर्णय गरेको सरकार प्रवक्ता एवं सञ्चार सूचना तथा प्रविधि मन्त्री रेखा शर्माले जानकारी दिइन्।
गण्डकीमा पृथ्वीमान गुरुङ, मधेसमा हरिशंकर मिश्र र सुदूरपश्चिममा देवराज जोशी प्रदेशमा छन्। मधेस प्रदेशका लागि सुमित्रा भण्डारी, गण्डकी प्रदेशका लागि डिल्लीराज भट्ट र सुदूरपश्चिम प्रदेशका लागि नजिर मियाँलाई प्रमुख नियुक्त गर्न सरकारले सिफारिस गरेको छ।
प्रकाशित मिति: सोमबार, फागुन २८, २०८० १८:२१