News Griha :: न्यूजगृह
जसपाका मन्त्रीहरूको शपथ भोलि

काठमाडौं—  जनता समाजवादी पार्टी (जसपा) बाट सरकारमा सहभागि हुने मन्त्रीहरूले भोलि शपथ लिने भएका छन्।

शनिबार बसेको माओवादी केन्द्रको संसदीय दलको बैठकमा पार्टी अध्यक्षसमेत रहेका प्रधानमन्त्री प्रचण्डले भोलि जसपाबाट मन्त्री हुनेहरूको शपथ हुने र त्यसपछि सत्ता गठबन्धन दलहरूबीच छलफल गरेर फागुन ३० गते विश्वासको मत लिने तयारीबारे जानकारी गराएका हुन्।

जसपाले पार्टीबाट अध्यक्ष उपेन्द्र यादव र नवलकिशोर साहलाई मन्त्री तथा राज्य मन्त्रीमा दीपक कार्कीलाई पठाउने निर्णय गरेको छ। अध्यक्ष यादवले उपप्रधान तथा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रीको शपथ लिनेछन्। साह वन तथा वातावरण मन्त्री बन्नेछन् भने कार्की स्वास्थ्य राज्यमन्त्री बन्ने भएका छन्।

प्रकाशित मिति: शनिबार, फागुन २६, २०८०  २०:०२
Weather Update