कांग्रेस राष्ट्रिय सभा संसदीय दलको नेतामा सिटौला

काठमाडौं— नेपाली कांग्रेसको राष्ट्रिय सभा संसदीय दलको नेतामा कृष्णप्रसाद सिटौला मनोनित भएका छन्।
पार्टी सभापति शेरबहादुर देउवाले शनिबार सिटौलालाई राष्ट्रिय सभा संसदीय दलको नेता चयन गरेका कांग्रेस संसदीय दलका निजी सचिव केशवराज जोशीले जानकारी दिए।
कांग्रेसको यसअघिका राष्ट्रिय सभा संसदीय दलका नेता रमेशजंग रायमाझी थिए। ६ वर्षको अवधि पूरा गरेर रायमाझी राष्ट्रिय सभाबाट बिदा भएसँगै उक्त पद रिक्त थियो।
कांग्रेस माओवादी गठबन्धन रहँदा सिटौला राष्ट्रिय सभा अध्यक्ष बन्ने गरी चुनावमा सहभागी भएका थिए। तर गठबन्धन टुटेपछि कांग्रेससँग राष्ट्रिय सभा अध्यक्ष जित्न बहुमत पुग्दैन।
प्रकाशित मिति: शनिबार, फागुन २६, २०८० १९:०२