
काठमाडौं– जनता समाजवादी पार्टीका २ जना नेतालाई मन्त्री नियुक्त गर्दै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मन्त्रिपरिषद् विस्तार गरेका छन्। जसपाबाट अध्यक्ष उपेन्द्र यादव उपप्रधान एवम् स्वास्थ्य तथा जनसंख्या मन्त्री नियुक्त भएका छन्। यस्तै, नेता नवलकिसोर साह सुडी वन तथा वातावरणमन्त्री नियुक्त भएका छन्।
नवनियुक्त उपप्रधानमन्त्री यादव र मन्त्री साहले आइतबार राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष पद तथा गोपनीयताको शपथ लिएका छन्।
जसपाबाट २ जनामन्त्री थपिएपछि प्रचण्ड नेतृत्वको मन्त्रिपरिषद् २२ सदस्यीय भएको छ। प्रचण्ड नेतृत्वको सरकारमा उपप्रधानमन्त्रीको संख्या ४ पुगेको छ।
प्रधानमन्त्री प्रचण्डले यसअघि नै नेकपा एमालेबाट रघुवीर महासेठ, माओवादी केन्द्रबाट नारायणकाजी श्रेष्ठ र राष्ट्रिय स्वतन्त्र पार्टीबाट रवि लामिछानेलाई उपप्रधानमन्त्री नियुक्त गरिसकेका थिए। उपप्रधानमन्त्रीमध्ये जसपा अध्यक्ष यादव अन्तिम वरीतामा छन्।