News Griha :: न्यूजगृह
भरतपुरकी मेयर रेनु दाहाल र बेलायतका उपसभामुखबीच भेटवार्ता

काठमाडौं— भरतपुर महानगरपालिकाकी मेयर रेनु दाहालले संयुक्त अधिराज्य बेलायतको हाउस अफ कमन्सका उपसभामुख निजेल इभान्ससँग भेटवार्ता गरेकी छन्। एउटा कार्यक्रम सहभागी हुन हाल बेलायत रहेकी दाहाल र उपसभामुख निजेलबीच बिहीबार लण्डनमा भेटवार्ता भएको हो।

भेटका क्रममा वर्षौंदेखिको नेपाल–बेलायत सम्बन्ध तथा ब्रिटिस सेनामा सेवा गरिरहेका गोर्खा सैनिकलगायतका विषयमा कुराकानी भएको मेयर दाहालको सचिवालयले जानकारी दिएको छ। त्यसअवसरमा दुई देश र जनताजनताबीचको ऐतिहासिक सम्बन्धबारे छलफल भएको पनि मेयर दाहालको सचिवालयले जानकारी दिएको छ। 

भेटका अवसरमा मेयर दाहालले ‘भरतपुर भ्रमण वर्ष २०२४’ मा सहभागी हुन नेपाल आउन उपसभामुख निजेललाई निमन्त्रणा गरेकी थिइन्। भरतपुर महानगरपालिकाल सन् २०२४ लाई ‘घुमौँ भरतपुर’ नारासहित भरतपुर भ्रमण वर्षका रुपमा मनाइरहेको छ।

प्रकाशित मिति: बिहीबार, फागुन २४, २०८०  १४:५६
Weather Update