News Griha :: न्यूजगृह
जसपा सरकारमा सहभागी हुने

काठमाडौं— जनता समाजवादी पार्टी (जसपा) पार्टी सरकारमा सहभागि हुने भएको छ। बिहीबार बसेको पार्टीको केन्द्रीय कार्यकारिणी समितिको बैठकले अध्यक्ष उपेन्द्र यादवको नेतृत्वमा सरकारमा जाने निर्णय गरेको पार्टी प्रवक्ता मनिष सुमनले बताए।

उनले भने, ‘एक प्रकारले हामीले सरकारलाई समर्थन दिएकै थियौं। सरकारमा थोरै फेरबदल कांग्रेसको बहिर्गमन र नेकपा एमालेको आगमनलाई हामीले सहजै स्वीकार गरेर आठ बुँदे सहमति नै गरेका छौं। प्रधानमन्त्री तथा अन्य दलहरूको आग्रहमा हामी सरकारमा जाने भएका छौं।’

कुनकुन मन्त्रालयमा को जानेबारे छलफल गरेर प्रधानमन्त्रीलाई दिने र यसका लागि सर्वाधिकार अध्यक्ष यादवलाई दिइएको प्रवक्ता सुमनले बताए।

प्रकाशित मिति: बिहीबार, फागुन २४, २०८०  १४:३९
Weather Update