News Griha :: न्यूजगृह
समसामयिक विषयमा छलफल गर्न एमाले सचिवालयको बैठक आज

काठमाडौं— सत्तारुढ दल नेकपा एमालेको सचिवालय बैठक बस्दै छ।

च्यासलस्थित केन्द्रीय कार्यालयमा अहिले विहान ९ बजेबाट बस्ने बैठकमा समसामयिक विषयहरूमा छलफल हुने नेताहरूले जनाएका छन् । 

बद्लिएको राजनीतिक परिवेश, पार्टीका नियमित गतिविधि र पूर्वनिर्धारित कार्यक्रमहरूका विषयमा छलफल हुने एमालेले जनाएको छ । 

११ महिना प्रतिपक्षमा बसेर हालै सरकारमा सहभागी भएको एमालेले उपप्रधानसहित ८ मन्त्री सरकारमा पठाएको छ ।

प्रकाशित मिति: शुक्रबार, फागुन २५, २०८०  ०८:४४
Weather Update