News Griha :: न्यूजगृह
देउवाले गरे तीन दलका अध्यक्षसँग छलफल

काठमाडौं— नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले तीन वटा दलका अध्यक्षहरूसँग बूढानिलकण्ठमा छलफल गरेका छन्। 

लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर, जनमत पार्टीका अध्यक्ष सीके राउत र नागरिक उन्मुक्ति पार्टीका अध्यक्ष रेशम चौधरीसँग देउवाले बुधबार अपराह्न निवासमै छलफल गरेका हुन्। 

छलफलमा कांग्रेस उपसभापति पूर्णबहादुर खड्का, महामन्त्री गगन थापा, नेता शेखर कोइराला र प्रमुख सचेतक रमेश लेखक पनि सहभागी थिए। 

सभापति देउवाले बुधबार बिहान कोटेश्वर पुगेर नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालसँग छलफल गरेका थिए। तर एकीकृत समाजवादी अध्यक्ष नवगठित सत्ता गठबन्धनमा सामेल हुने निर्णय गरिसकेको छ । उसको भागमा २ मन्त्रालय परेको छ। 

 

प्रकाशित मिति: बुधबार, फागुन २३, २०८०  १७:५२
Weather Update