News Griha :: न्यूजगृह
एकीकृत समाजवादीबाट भानुभक्त जोशी र धनबहादुर बुढा मन्त्री

काठमाडौं— नेकपा एकीकृत समाजवादीले पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा सहभागी हुने मन्त्रीको नाम टुंगो लगाएको छ।  

एकीकृत समाजवादीबाट भानुभक्त जोशी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री र धनबहादुर बुढा शहरी विकास मन्त्री बन्ने पक्का भएको छ।

प्रधानमन्त्री प्रचण्डले बुधबार नै आफ्नो पार्टी नेकपा माओवादी केन्द्रका ५ जना, नेकपा एमालेका ८ जना राष्ट्रिय स्वतन्त्र पार्टीका ४ जनालाई मन्त्री नियुक्त गर्दै मन्त्रिपरिषद् विस्तार गरेका छन्। 

प्रकाशित मिति: बुधबार, फागुन २३, २०८०  १८:३५
Weather Update