समर्थन फिर्ता लिँदै बागमती सरकारबाट बाहिरियो कांग्रेस

काठमाडौं— बागमती प्रदेशमा माओवादी केन्द्र नेतृत्वको सरकारबाट नेपाली कांग्रेस बाहिरिएको छ।
सत्ता समीकरणमा फेरबदल आएसँगै कांग्रेसले मुख्यमन्त्री शालिकराम जम्कट्टेल नेतृत्वको सरकारलाई दिएको समर्थन पनि फिर्ता लिएको छ। बुधबार मुख्यमन्त्री जम्कट्टेललाई भेटेर कांग्रेसका ६ जना मन्त्रीले सामूहिक राजीनामा बुझाएका छन्।
नेपाली कांग्रेस संसदीय दलका नेता तथा आर्थिक मामिलामन्त्री बहादुरसिंह लामाले मुख्यमन्त्रीलाई राजीनामा बुझाउँदै सरकारलाई दिएको समर्थन फिर्ता लिएको जानकारी दिए।
कांग्रेसका तर्फबाट लामासहित खानेपानी तथा सिँचाइ मन्त्री तीर्थ लामा, वन तथा वातावरण मन्त्री मसिना खड्का, संस्कृति पर्यटन तथा सहकारी मन्त्री पुकार महर्जन, स्वास्थ्य मन्त्री उत्तम जोशी थिए। त्यस्तै कांग्रेसबाट रामकृष्ण चित्रकार उद्योग वाणिज्य भूमि तथा प्रशासन मन्त्री थिए।
प्रकाशित मिति: बुधबार, फागुन २३, २०८० १८:४६