News Griha :: न्यूजगृह
महेश बर्तौलाले पाए एमाले प्रमुख सचेतकको जिम्मेवारी, सुनिता बराल सचेतक चयन
महेश बर्तौला (फाइल तस्बिर)

काठमाडौं– नेकपा एमालेसंसदीय दलको मुख्य सचेतकमा महेश बर्तौला चयन भएका छन्। यस्तै, सचेतकमा सुनिता बराल चयन भएकी छन्। 

एमाले अध्यक्ष एवम् संसदीय दलका नेता केपी शर्मा ओलीले मंगलबार बर्तौलालाई प्रमुख सचेतक र बराललाई सचेतक चयन गरेका हुन्। 

यसअघि पदम गिरी एमाले संसदीय दलको प्रमुख सचेतक थिए। गिरी नवगठित मन्त्रिपरिषद्‌मा मन्त्री नियुक्त भएपछि बर्तौलालाई प्रमुख सचेतक बनाइएको हो। बर्तौला यसअघि संसदीय दलको सचेतक थिए। 

सांसदद्वय बर्तौला र बराल दुवै विद्यार्थी राजनीतिबाट स्थापित नेता हुन्।

प्रकाशित मिति: मंगलबार, फागुन २२, २०८०  १५:१२
Weather Update