गण्डकीका मुख्यमन्त्रीले गरे माओवादीका २ मन्त्रीलाई बर्खास्त
काठमाडौं– गण्डकी प्रदेशमा माओवादी केन्द्रका दुई मन्त्री बर्खास्त भएका छन्।
मुख्यमन्त्री सुरेन्द्र पाण्डेले माओवादी केन्द्रका सामाजिक विकास मन्त्री सुशील सिम्खडा र भौतिक पूर्वाधार तथा यातायात मन्त्री रेशमबहादुर जुग्जालीलाई बर्खास्त गरेका हुन्। मुख्यमन्त्री पाण्डेले सिम्खडालाई गत बैशाख १५ र जुग्जालीलाई बैशाख २९ गते मन्त्री नियुक्त गरेका थिए।
पाण्डे नेपाली कांग्रेसबाट मुख्यमन्त्री बनेका हुन्।
प्रकाशित मिति: मंगलबार, फागुन २२, २०८० १२:२३