News Griha :: न्यूजगृह
प्रतिनिधि सभाको बैठक स्थगित, अर्को बैठक २४ गते ११ बजे

काठमाडौं– प्रतिनिधि सभाको आजलाई डाकिएको बैठक स्थगित भएको छ। 

संसद सचिवालयमा सूचना टाँस गरेर आजको बैठक स्थगित भएको हो। विशेष परिस्थितिका कारण प्रतिनिधि सभाको आजको बैठक फागुन २४ गते बिहीबार बिहान ११ बजेका लागि सूचना टाँसेर स्थगित गरिएको हो। 

सत्ता समीकरण नै परिवर्तन भएपछि दलहरू राजनीतिक भेटघाटमा व्यस्त हुँदा आजको बैठक स्थगित भएको हो। 

Samsad_Notice-1709531332.jpg
 

प्रकाशित मिति: सोमबार, फागुन २१, २०८०  ११:२२
Weather Update