सिट बाँडफाँट र मन्त्रालय टुंगो लगाउन ४ सदस्यीय कार्यदल गठन

काठमाडौं– मन्त्रालय र सिट बाँडफाँटको टुंगो लगाउन चार सदस्यीय कार्यदल बनेको छ। कार्यदलमा एमालेबाट विष्णु पौडेल, माओवादीबाट वर्षमान पुन, रास्वपाबाट रवि लामिछाने र जसपाबाट उपेन्द्र यादव छन्। उनीहरूले कसले कुन मन्त्रालय र कति मन्त्रालय लिने भन्नेबारे टुंगो गर्नेछ।
वर्षमान पुन र उपेन्द्र यादव मन्त्री बन्ने टुंगो लागिसकेको छ। तर सिट बाँडफाँट र मन्त्रालयको टुंगो लागेपछि मात्र उनीहरु मन्त्रिपरिषद्मा सहभागी हुनेछन्। 'डकुमेन्टहरू लेख्ने काम भइरहेको छ, आजै शीर्ष नेतालाई बुझाउँछौ। यो सकिएपछि अन्य मन्त्रीहरूको शपथ हुनेछ,' माओवादी नेता पुनले भने।
प्रकाशित मिति: सोमबार, फागुन २१, २०८० १४:२५