News Griha :: न्यूजगृह
बन्यो एमाले, माओवादी, रास्वपासहितको नयाँ गठबन्धन, आजै ४ मन्त्रीको शपथ

काठमाडौं– नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जसपा, नेकपा एकीकृत समाजवादीसहितको गठबन्धन टुटेर नयाँ समीकरणको सरकार बन्ने भएको छ।

पछिल्लो सहमतिअनुसार एमाले, रास्वपा र जसपाबाट एकएक जना सरकारमा सहभागि हुनेछन्। उनीहरूले आजै शपथ लिनेसमेत स्रोतको दाबी छ। एमालेले पदम गिरीलाई मन्त्रीमा पठाउने तयारी गरेको छ। माओवादी, रास्वपा र जसपाले मन्त्री टुंग्याउन बाँकी छ। चारै जनाले विना विभागीय मन्त्रीका रूपमा शपथ लिनेछन्। 

आइतबार साँझ एमाले अध्यक्ष केपी शर्मा ओली, रास्वपाका सभापति रवि लामिछाने, जसपाका अध्यक्ष उपेन्द्र यादवसहित नेताहरूसँगको छलफलमा प्रधानमन्त्री दाहालले नयाँ ढंगबाट छलफल गरेर अघि बढ्न प्रस्ताव गरेका थिए। सोमबार बिहान एमाले, माओवादी केन्द्र र रास्वपाले छुट्टाछुट्टै छलफलपछि नयाँ गठबन्धन बन्ने निश्चित भएको हो।

एमाले सचिवालय बैठकपछि उपाध्यक्ष सुरेन्द्र पाण्डेले आजै सरकार परिवर्तन र नयाँ मन्त्रिपरिषद् विस्तार हुने बताए। ‘आजै सरकार परिवर्तन र नयाँ मन्त्रिपरिषद् बन्दैछ। सानो आकारको मन्त्रिमण्डलले आज शपथ लिनेछ,’ उनले लेखेका छन्।

अलगअलग बैठकपछि अहिले एमाले र माओवादी केन्द्रका नेताहरू बालुवाटारमा छलफलमा जुटेका छन्।
 

Nepali-Patro-innerNepali-Patro-inner
प्रकाशित मिति: सोमबार, फागुन २१, २०८०  १०:०३
Weather Update