News Griha :: न्यूजगृह
अकस्मात् किन भयो परराष्ट्रमन्त्रीको फिनल्याण्ड भ्रमण रद्द?, के सत्ता गठबन्धनमा खटपट भएकै हो? 

काठमाडौं– परराष्ट्रमन्त्री एनपी साउदको फिनल्याण्ड भ्रमण एकाएक रद्द भएको छ। ‘विशेष परिस्थिति’ भन्दै परराष्ट्र मन्त्रालयले भ्रमण स्थगित भएको जनाएको छ।

‘विशेष परिस्थितिका कारण परराष्ट्रमन्त्री पूर्वनिर्धारित  कार्यक्रमअनुसार हेलसिन्की प्रस्थान गर्न सक्षम हुनुभएन,’ परराष्ट्र मन्त्रालयले एक सूचना मार्फत जानकारी दिएको छ।

परराष्ट्र मन्त्रालयले उनी ‘सेकेन्ड यूएन एलडीसी फ्युचर फोरम’ मा सहभागी हुन फिनल्यान्ड जाने तय भएको भन्दै आइतबार दिउँसो विज्ञप्ति जारी गरेको थियो। उक्त कार्यक्रम मंगलबार र बुधबार फिनल्याण्डको राजधानी हेल्सिन्कीमा हुँदैछ। सत्ता गठबन्धनमा खटपट भएको भनिएकै बेला अकस्मात् उनको भ्रमण रद्द हुनुलाई अर्थपूर्ण रुपमा हेरिएको छ। 

कांग्रेस सभापति शेरबहादुर देउवाले आजै पार्टीका तर्फबाट सरकारमा सहभागी मन्त्रीहरूसँग छलफल गरेका छन्। त्यस्तै देउवाले सोमबार संसदीय दलको बैठकसमेत बोलाएका छन्।

प्रकाशित मिति: आइतबार, फागुन २०, २०८०  १९:५७
Weather Update