उपनिर्वाचनको तयारीमा रास्वपा, ६ सांसद इलाम जाँदै

काठमाडौं– वैशाख १५ गतेका लागि इलाम २ मा उपनिर्वाचनको मिति तोकिएसँगै चुनावी सरगर्मी बढेको छ। यहीक्रममा रास्वपाका ६ सांसद इलाम जाने भएका छन् ।
सांसद सोबिता गौतम इलाम नगरपालिका, गणेश पराजुली देउमाई नगरपालिका, मनिष झा माई नगरपालिका, अशोक चौधरी चुलाचुली गाउँपालिका, हरि ढकाल माङसेबुङ गाउँपालिका र असिम साह फाकफोकथुम गाउँपालिकामा परिचालित हुनेछन्। इलाममा रहँदा सबै सांसदले स्थानीयसँग भेटघाट र छलफल गर्ने रास्वपाले जनाएको छ।
रास्वपाका अनुसार उनीहरु आज(शुक्रबार) इलाम पुग्ने छन् भने भोलि (शनिबार) पालिकाको कार्यक्रम सकेर आइतबार काठमाडौं फर्किनेछन्। रास्वपा सहमहामन्त्री कबिन्द्र बुर्लाकोटी यसअघि नै इलाममा पुगिसकेका छन्।
प्रकाशित मिति: शुक्रबार, फागुन १८, २०८० ०६:५२













