News Griha :: न्यूजगृह
एमाले ‘मिसन ८४’ मा छ : अध्यक्ष ओली

विराटनगर– नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले एमाले हाल ‘मिसन–८४’ लाई प्रमुख लक्ष्य बनाएर अघि बढेको बताएका छन्।

‘मिसन ८४’ अर्थात् २०८४ सालमा हुने निर्वाचनमा देशको सबैभन्दा ठूलो दल बन्ने लक्ष्यका साथ एमाले अघि बढेको उनको भनाइ छ।  विराटनगर विमानस्थलमा बुधबार बिहान सञ्चारकर्मीहरूसँग उनले वर्तमान गठबन्धन सरकारले सरकार टिकाउने काममा मात्र लागेको आरोप पनि लगाए। साथै अध्यक्ष ओलीले नेपाली कांग्रेस ठूलो पार्टी भएर पनि मुलुकको विकासमा समयानुकूल अघि बढ्न नसकेको बताए।

ओलीले भ्रष्टाचारको आरोप लागेका सरकारी ओहोदामा रहेकाहरूले राजीनामा दिएर सत्यतथ्य छानबिन गर्नका लागि सहयोग गर्नुपर्नेमा जोड दिए। उनले प्राकृतिक सम्पदाले भरिपूर्ण हाम्रो मुलुकमा यथोचित विकास नहुनु दुःखद भएको भन्दै सरकार मुलुकको विकास र सुशासनमा जनताको मागअनुसार अघि बढ्न नसकेको बताए।

फरक प्रसङ्गमा उनले एमाले सत्य निरुपण तथा मेलमिलाप विधेयक पारित गर्ने पक्षमा रहेको पनि स्पष्ट पारे।

प्रकाशित मिति: बुधबार, फागुन १६, २०८०  १२:२६
Weather Update