सदनमा जवाफ दिन सरकारलाई सभामुखको निर्देशन

काठमाडौं– प्रतिनिधि सभाको बैठक पुन: सुरु भएको छ। १५ मिनेटका लागि स्थगित बैठक केही ढिलो गरी सुरु भएको हो।
बैठक सुरु हुनासाथ विपक्षी दलका सांसदले उठेर विरोध गरेपछि सभामुखले सांसदले उठाएका सवालमा आगामी बैठकमा जवाफ दिन सरकारलाई निर्देशन दिएका छन्।
उनले भने,'माननीय सदस्यहरू बैठकमा यहाँहरूले नियमित उठाउँदै आउनु भएको विषयमा मेरो गम्भीर ध्यानाकर्षण भएको छ। माननीय सदस्यहरूले उठाउनु भएका विषयमा सभाको आगामी बैठकमा जवाफ दिन नेपाल सरकारलाई निर्देशन गदर्छु।'
सभामुखको निर्देशनपछि अहिले प्रतिनिधि सभा बैठक सञ्चालन भइरहेको छ।
प्रकाशित मिति: सोमबार, फागुन १४, २०८० १२:२८