मुलुकको अर्थतन्त्र लयमा फर्किँदैछ, चुनौती सकिएको छैन: अर्थमन्त्री
काठमाडौं– अर्थमन्त्री डा प्रकाशशरण महतले मुलुकको अर्थतन्त्र लयमा फर्कन थालेको बताएका छन्।
प्रतिनिधि सभाको आजको बैठकमा ‘आर्थिक वर्ष २०८१/०८२ को लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता सम्बन्धमा (कर प्रस्ताव बाहेक) माथि छलफल गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्नुअघि देशको अर्थतन्त्रको अवस्था बारे जानकारी गराउँदै चुनौती भने अझै उस्तै रहेको बताए।
उनले अर्थतन्त्रले सकारात्मक लय समाए पनि आन्तरिक तथा बाह्य कारणले चुनौती भने उस्तै रहेको बताए।
राजश्व वृद्धिदर १० प्रतिशतले बढेको बताउँदै अर्थमन्त्री डा महतले पूर्ण रुपले राजश्व संकलनमा पनि कठिन भइरहेको बताए।
प्रकाशित मिति: सोमबार, फागुन १४, २०८० १३:२०