रवि लामिछानेको प्रश्न– संसदलाई किन द्वन्द्वको मैदान बनाइँदैछ?

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले संसदलाई किन द्वन्द्वको मैदान बनाइँदैछ भन्दै प्रश्न गरेका छन्।
आजको प्रतिनिधि सभाको बैठकमा आफ्नो धारणा राख्दै सरकारले पटक पटक सभामुखको रुलिङलाई पनि वेवास्ता गरेर गम्भीर गल्ती गरेको बताए।
उनले सदनलाई द्वन्द्वको मैदान बनाउन किन खोजियो भन्दै प्रश्न गरे। एकले अर्कोलाई आरोप प्रत्यारोप गर्ने थलो नबनाउन आग्रह गरे।
उनले सदनलाई प्रभावकारी बनाउन हाजिर गर्ने जाने भन्ने वातावरण अन्त्य हुने गरी रुलिङको अपेक्षा गरेको बताए।
प्रकाशित मिति: सोमबार, फागुन १४, २०८० ११:२९