प्रतिनिधिसभा बैठक जारी: प्रतिपक्षी एमालेले गर्यो सरकारको ध्यानाकर्षणआइतबार, फागुन १३, २०८०

माओवादी केन्द्रको स्थायी कमिटीमा नेताको कार्य मूल्यांकन गरिने आइतबार, फागुन १३, २०८० नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक आज बस्दैछ।बैठक बिहान ११ बजे पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बोलाइएको छ। आजको बैठकमा पार्टीले तयारी गरिरहेको सांगठनिक अभियान र कार्यविभाजन लगायत विषयहरुमा छलफल हुनेछ। यसअघि शुक्रबार बस्ने भनिएको बैठक प्रधानमन्त्री एवं पार्टी अध्यक्ष पुष्पकमल दाहालको कार्यव्यस्तताले स्थगित भएको थियो। बिहीबारको बैठकमा १० प्रदेशका...

लुम्बिनी प्रदेश सभा सदस्य यादव निलम्बित शनिबार, फागुन १२, २०८० लुम्बिनी प्रदेश सभा सदस्य जानकी प्रसाद यादवलाई प्रदेश सभा सदस्यबाट निलम्बन गरिएको छ।राप्रपाबाट कपिलवस्तु क्षेत्र नं. ३ (१) बाट लुम्बिनी प्रदेश सभा सदस्यमा निर्वाचित यादवविरुद्ध अख्तियारले भ्रष्टाचार मुद्दा दायर गरेपछि प्रदेश सभा सचिवालयले निलम्बन गरेको हो।

प्रतिपक्षीसँग आक्रोशित प्रचण्ड भन्छन् : ‘बालकुमारी घटनाबारे अध्ययनमा छु’ शनिबार, फागुन १२, २०८० प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बालकुमारी घटनाको छानबिन गर्न गठित समितिले बुझाएको प्रतिवेदन आफूले अध्ययन गरिरहेको भन्दै अध्ययन पश्चातमात्रै दोषीलाई कारबाहीको लागि निर्णय गर्ने बताएका छन्। शनिबार बिहान सिंहदरबारमा बसेको माओवादी केन्द्रको संसदीय दलको बैठकमा प्रधानमन्त्री दाहालले बालकुमारी घटनाको प्रतिवेदन आफूले प्राप्त गरिसकेको र अध्ययनकै क्रममा रहेको जानकारी गराएका हुन्।

महासमितिले जगाएन कांग्रेसजनमा आशाको सञ्चार, झन् थप्यो निराशा र खिन्नता शुक्रबार, फागुन ११, २०८० सभापति शेरबहादुर देउवाले देशभरबाट जुटेका बाइस सय भन्दाबढी महासमिति सदस्यहरूलाई सम्बोधन गरेका थिए। सभापति देउवाको सम्बोधनले आशाको सञ्चार गर्न नसकेको महासमिति सदस्यहरूको मुहारमा प्रष्टसँग झल्कन्थ्यो।

राजावादी उदाउनु संसदीय व्यवस्था असफल भएको पुष्टि हो– मोहन बैद्य शुक्रबार, फागुन ११, २०८० क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपालका संयोजक मोहन बैद्यले नेपालको संसदीय व्यवस्था ने असफल भएकाले राजावादी सक्रिय भएको बताएका छन्। न्यूजगृहसँग कुराकानी गर्दै बैद्यले अब देश परिवर्तनको खाकासहित आफूहरू विकल्पमा जाने उद्घोष गरे। पार्टी एकतापछि महाधिवेशनको तयारीमा जुटेका बैद्यले एकीकृत पार्टीको महाधिवेशनपछि आफ्नो पार्टी नयाँ जनवादसहितको वैज्ञानिक समाजवादको दिशामा अघि बढ्ने बताए। ...

संसदीय समिति ‘गाईजात्रा’ देखाउने ठाउँ होइन् : मन्त्री गुरुङ शुक्रबार, फागुन ११, २०८० कानुन, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङले समितिलाई ‘गाईजात्रा’ देखाउने थलोको रुपमा प्रयोग नगर्न आग्रह गरेका छन्। शुक्रबार कानुन, न्याय तथा मानव अधिकार समितिमा बसेको बैठकमा उनले प्रमुख सचिवालयबाट आएको क्यालेन्डरमा समितिका सदस्यहरूले आपत्ति जनाएपछि मन्त्रीले गाईजात्रा देखाउने थलोको रुपमा समितिलाई प्रयोग नगर्न आग्रह गरेका हुन्।

वादविवाद र अडानको हल सदनबाटै हुन सक्दैन– सभामुख शुक्रबार, फागुन ११, २०८० सभामुख देवराज घिमिरेले पटक पटक प्रतिनिधि सभाको आजको कार्यसूचीमा जान विपक्षी दलका सांसदलाई गरेको अनुरोध अस्वीकार भएपछि संसद बैठक स्थगित गरेका छन्। उनले भने, ‘वादविवाद, आफ्ना विषयमा अडान, सही गलत यही छलफल गरेर टुंग्याएर अगाडि बढ्न यहाँ सम्भव छैन। त्यसैले मैले सभाको गरिमा, सभा सञ्चालनका कमजोरी, सञ्चालनका दोष, हाम्रो दायित्व...
प्रधानमन्त्री वा गृहमन्त्रीले जवाफ नदिए सदन चल्दैनः ज्ञानेन्द्र शाही शुक्रबार, फागुन ११, २०८० शुक्रबार बसेको प्रतिनिधि सभाको बैठकमा उनले आफ्नो दलको कार्यक्रममा रुमलिएर संसद्मा नआउने तर दोष राप्रपालाई दिने भन्दै आक्रोश व्यक्त गरे। बालकुमारी घट्नामा दोषी देखिएका मन्त्री ज्वाला लगायतलाई पक्राउ किन नगरेको भनेर प्रधानमन्त्री वा गृहमन्त्रीले रोष्टमबाट जवाफ नदिएसम्म संसद् चल्न नदिने चेतावनी दिएका हुन्।

एमाले कैलालीको नेतृत्व चयनका लागि पाँच दिनपछि मतदान शुक्रबार, फागुन ११, २०८० नेकपा एमाले कैलालीको नयाँ नेतृत्व चयनका लागि छैटौँ दिन शुक्रबार मतदान सुरु भएको छ । सुखडमा रहेको घोडाघोडी बहुमुखी क्याम्पसको सभाहलमा केहीबेर अघि मतदान सुरु भएको हो ।मतदान दिउँसो १ बजेसम्म चल्नेछ । अधिवेशनको गत आइतबार अध्यक्ष केपी शर्मा ओलीले उद्घाटन गरेका थिए । तर यसबीचमा सर्वसम्मतिको प्रयास भन्दै...

कांग्रेस महासमिति बैठकबाट ४ वटा प्रस्ताव सर्वसम्मत रुपमा पारित बिहीबार, फागुन १०, २०८० महासमिति बैठकमा पेस भएका उपसभापति पूर्णबहादुर खड्काको नीति प्रस्ताव, महामन्त्री विश्वप्रकाश शर्माको समसामयिक राजनीतिक प्रस्ताव र अर्का महामन्त्री गगन थापाको सांगठनिक प्रस्ताव पारित भएको हो। बैठकले लेखा समिति संयोजक श्याम घिमिरेले पेस गरेको लेखा परीक्षण प्रतिवेदनलाई पनि बिहीबार सर्वसम्मतिले पारित गरेको छ।

देउवालाई बुझाइयो हिन्दुराष्ट्र मागसहितको प्रस्ताव बिहीबार, फागुन १०, २०८० ललितपुरको गोदावरीमा जारी नेपाली कांग्रेसको महासमिति बैठकमा सनातन हिन्दु राष्ट्रको पक्षमा चलाइएको अभियानको हस्ताक्षरसहितको प्रस्ताव सभापति शेर बहादुर देउवालाई बुझाइएको छ। अभियानका संयोजक एवं केन्द्रीय सदस्य शंकर भण्डारीले सभापति देउवालाई हस्ताक्षर बुझाएका हुन्। १ हजार ६३ जनाको हस्ताक्षरसहितको पुरक प्रस्ताव भन्डारीले देउवालाई बुझाएका हुन्।
-1708408137.jpeg)
बागमती प्रदेश सभापतिले गठबन्धनमा जोड दिएपछि कांग्रेस महासमिति बैठकमा नाराबाजी बिहीबार, फागुन १०, २०८० नेपाली कांग्रेसको महासमिति बैठक आज (बिहीबार) सकिँदैछ। फागुन ७ गतेदेखि जारी बैठकमा बिहीबार बागमती प्रदेश समितिका सभापति इन्द्र बानियाँले प्रतिवेदन पेस गरेका छन्। बानियाँको प्रतिवेदनको विरोधमा कांग्रेसका महासमिति सदस्यहरुले नाराबाजी गरेका छन्।